काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकी कम्पनी सचिव प्रतिमा आचार्यको राजीनामा स्वीकृत भएको छ । संस्थाको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यको राजीनामा स्वीकृत गरेको हो ।
गत कात्तिक २ गते दिएको आचार्यको राजीनामा मंसिर १२ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।