बुधबार, श्रावण २७,२०८३ 09:48:46
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:48:46
Bizshala
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको आर्थिक अवस्थाः नाफामा २६३% को उछाल, ईपीएस ह्वात्तै बढ्यो, एनपीएलमा उल्लेख्य कमी

Prabhu Bank Limited
सिवाईसी नेपाल लघुवित्तको आर्थिक अवस्थाः नाफामा २६३% को उछाल, ईपीएस ह्वात्तै बढ्यो, एनपीएलमा उल्लेख्य कमी
New Office

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २६३.३७ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो ।  

नाफासँगे संस्थाको खुद ब्याज आम्दानीमा समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.९८ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद सञ्चालन आम्दानी पनि ४७.१६ प्रतिशतले बढेर २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १७ करोड ८ लाख र अन्य सञ्चालनका लागि ५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३२ करोड ४४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ र रिजर्भको आकार घटेर ३१ करोड १ लाख रुपैयाँमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब १५ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि ५ अर्ब १७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ५४ लाख ८७ हजार रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात उल्लेख्य घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.७४ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ९.९४ प्रतिशतको उचाईमा थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.८५ प्रतिशतमा सीमित रहेको खराब ईपीएस बढेर १४.०२ रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१६.४० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३२३.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात १२३.०५ गुणा र तरलता अनुपात ९.२७ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.