बुधबार, भाद्र १०,२०८३ 05:46:18
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 05:46:18
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछि निजी क्षेत्रलाई उद्धार–राहतमा जुट्न महासंघको अपिल

जिल्ला–नगर उद्योग वाणिज्य संघ र व्यवसायीलाई स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह, पुनःस्थापनामा समेत साथ दिने प्रतिबद्धता

भोटेकोशी बाढीपछि निजी क्षेत्रलाई उद्धार–राहतमा जुट्न महासंघको अपिल
New Office

 

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा जुट्न मातहतका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रलाई अपिल गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको हो।

बाढीको सघन प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदीसँग जोडिएका तटीय क्षेत्र उच्च जोखिममा रहेको भन्दै महासंघले उद्योगी–व्यवसायी, सर्वसाधारण तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सरकारी निकायले पृथ्वी राजमार्गसहित प्रभावित नदी करिडोरका सडकमा आवागमन रोक्न आग्रह गरिरहेको अवस्थामा अनावश्यक यात्रा नगर्न र आधिकारिक निकायबाट जारी हुने सूचनाको पालना गर्न महासंघले अनुरोध गरेको छ।

Bizshala
CG Motors

मातहतका संघलाई उद्धारमा सक्रिय हुन निर्देशन

महासंघले विपद्को कठिन समयमा आफ्ना मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरेर तत्काल उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन आग्रह गरेको छ।

बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो जनधन तथा भौतिक क्षतिको संकेत गरेको महासंघले जनाएको छ।

महासंघले विपद्बाट प्रभावित सर्वसाधारण, तीर्थयात्री, स्थानीय समुदाय तथा उद्योगी–व्यवसायीप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनका काम यथाशीघ्र अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

महासंघले आफ्नो तर्फबाट समेत आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

व्यवसाय र पूर्वाधारमा ठूलो क्षति

विनाशकारी बाढीबाट सर्वसाधारणका घरसँगै उद्योगी–व्यवसायीका पसल तथा व्यावसायिक संरचना, सवारीसाधन, पुल, जलविद्युत् गृहलगायत पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको महासंघले उल्लेख गरेको छ।

तत्काल उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणसमेत चुनौतीपूर्ण हुने भन्दै महासंघले आगामी पुनःस्थापना कार्यमा पनि निजी क्षेत्रका तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.