बुधबार, भाद्र १०,२०८३ 08:06:58
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 08:06:58
Bizshala
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सको ‘Leadership Excellence Awards 2026’ भव्यताका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको ‘Leadership Excellence Awards 2026’ भव्यताका साथ सम्पन्न
New Office

काठमाण्डौ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको "Leadership Excellence Awards 2026" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। "Everest Year – Clouds and Beyond" मूल नाराकासाथ भदौ ३ देखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल, सञ्चालक प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्तरूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । 

सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताउँदै, आर्थिक वर्ष२ ०८२/८३ मा कम्पनीले रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income – FPI) संकलन गरी ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी दिए। उनले यसलाई अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकहरूको विश्वास र परिश्रमको प्रतिफल भनी उल्लेख गर्दै आ.ब. २०८३/८४का लागि "Everest Year – Clouds and Beyond" अभियान रहेको जनाउँदै कम्पनीको भावी यात्राको मार्गचित्र प्रस्तुत गरे।

Bizshala
CG Motors

सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा AML/CFT प्रावधानहरूको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा थप जिम्मेवार बन्न अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई आग्रह गरे, र कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको औँल्याए ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख  गरे। उनले आगामी दिनमा डिजिटल रूपान्तरण (Digital Transformation) लाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, अत्याधुनिक प्रविधिको अधिकतम उपयोग, ग्राहकमैत्री डिजिटल सेवा, Data-आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालन (Automation) मार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना सार्वजनिक गरे। प्रविधिसँगै दक्ष जनशक्तिर नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाईसशक्त, आधुनिक रग्राहककेन्द्रित संस्थाका रूपमा स्थापितगर्ने प्रतिबद्धता उनले दोहोर्‍याए।

कार्यक्रममा आर्थिक वर्ष२०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शनगर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो।साथै, उत्कृष्ट व्यावसायिक उपलब्धिका आधारमा नेपालभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरियो।

यस कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भए। सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने थप उत्साह र प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.