बुधबार, भाद्र १०,२०८३ 08:54:55
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 08:54:55
Bizshala
Global IME Bank Limited

५.९९% स्थिर ब्याजदरको एनआईसी एशिया अटो लोन नाडा अटो सोको हिट अफर

५.९९% स्थिर ब्याजदरको एनआईसी एशिया अटो लोन नाडा अटो सोको हिट अफर
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राखी 'NADA Auto Show 2026' को अवसरमा ल्याएको विशेष अटोलोन योजना ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको छ । 

यही भदौ ९देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो सो २०२६’ को अवसरमा बैंकले ७ वर्षसम्म वार्षिक ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘एनआईसी एशिया अटोलोन’ योजना उपलब्ध गराइरहेको छ । 

नाडा अटो सोकोपहिलो दिनदेखि नैयस कर्जा योजना प्रतिग्राहकहरूको उल्लेख्य आकर्षण बढिरहेको छ। विशेषगरी ७ वर्षसम्म ब्याजदर परिवर्तन नहुने गरी ५.९९ प्रतिशतको स्थिर ब्याजदर उपलब्ध हुने भएकोले ग्राहकहरूले आफ्नो दीर्घकालीन वित्तीय योजना तथामासिक कर्जा दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

Bizshala
CG Motors

ग्राहकहरुलाई सवारी साधनखरिदसँगै कर्जा प्रक्रिया समेत सहज र छरितो रूपमा अघि बढाउन बैंकले नाडा अटो सोमा विशेष डिजिटल सुविधा उपलब्ध गराएको छ। ग्राहकहरूले QR SCAN गरी आवश्यक विवरण भरेर कर्जाको योग्यता परीक्षण गर्न तथा तत्काल कर्जा स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वीकृति पश्चात ग्राहकहरुले आवश्यक कागजात आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा उपलब्ध गराई बाँकी प्रक्रिया पूरा गर्न सक्नेछन् । 

यस डिजिटल तथासहज प्रक्रियाले ग्राहकहरूलाई आफूले रोजेको सवारी साधन छनौटदेखि कर्जा प्रक्रियासम्मको काम एउटै स्थानबाट अघि बढाउन सहयोग पुर्‍याएको छ । बैंकको यस योजनाअन्तर्गत ग्राहकहरूको रोजाइ अनुसारनिजी, व्यावसायिक तथाविद्युतीय सवारी साधन खरिदका लागि छिटो, छरितो र भरपर्दो वित्तीय सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । 

यसबाट नाडाअटो सोमै सवारीसाधन खरिद गर्ने निर्णय गर्न ग्राहकहरूलाई थप सहज हुने अपेक्षा बैंकले लिएको छ । ७ वर्षसम्म ५.९९ प्रतिशतको अपरिवर्तनीय ब्याजदरमा उपलब्ध यस कर्जा सुविधाले सवारीसाधन खरिदलाई थप व्यवस्थित बनाउने बैंकले विश्वास लिएको छ । व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बरप्लेटका सवारी साधनको हकमा कर्जा अवधि ५ वर्ष कायम गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.