विपत्तिको छायाबाट लयमा फर्कियो नाडा अटो शो, शनिबार मात्रै ३५ हजारको भीड
काठमाण्डौ। भोटेकोशी बाढी र त्यसपछिको राष्ट्रिय शोक तथा असहज परिस्थितिले केही दिन सुस्ताएको नाडा अटो शो पुनः लयमा फर्किएको छ। भृकुटीमण्डपमा जारी १८औँ संस्करणको अटो शोमा शनिबार मात्रै करिब ३५ हजार अवलोकनकर्ता पुगेका छन्।मंगलबार सुरु भएको अटो शोको पहिलो दिन करिब ३० हजार जनाले अवलोकन गरेका थिए। तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट सिर्जित परिस्थितिका...

