आईतवार, भाद्र ७,२०८३ 07:07:42
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 07:07:42
Bizshala
Global IME Bank Limited

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै
New Office

काठमाण्डौ । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् ।

यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पूँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने तयारी थालेका छन् ।

नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनीमा राख्नेछन् । जहाँ ढेड दर्जन बढी नयाँ उत्पादन अवलोकन गर्न सकिनेछ ।

नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ । सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटै बिक्री थाल्नेछ । नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडा अटो शो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ ।

एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शो अबलोकनकर्ताको लागि आफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ । नयाँ उत्पादनको मूल्य लगायतका जानकारी अटो शोको पहिलो दिन नै उपलब्ध हुनेछ ।

Bizshala
CG Motors

सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री थाल्दैछ ।

सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ ।

मिचे अटो नेपाल प्रालिले पाँचवटा नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा आफ्नो उपस्थिति बलियो बनाउने योजना तयार पारेको हो । मिचे अटोले नेपालमै विद्युतीय दुई पाङ्ग्रे साधन एसेम्बलिङ गर्दै आएको छ ।  

रोयल इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले अटो शोमा नयाँ मोडल सार्वजनिक गर्दैछ । कम्पनीले दुई दिन अगाडि बजारमा ल्याएको नयाँ क्लासिक मोडल अटो शोमा प्रदर्शनीको लागि राख्ने भएको हो ।

यस वर्षको नाडा अटो शोमा अन्य दुई पाङ्ग्रे ब्राण्डहरु क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतले सक्रिय सहभागिता जनाउँदैछन् ।

नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो

१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोडल सार्वजनिक हुनुले नेपाली दुईपांग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीतर्फको बढ्दो चासोलाई देखाउनेछ ।

एउटै स्थानमा विभिन्न ब्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुने भएकाले अबलोकनकर्ताले सहजै अनुकुलको उत्पादन हेर्न र किन्न पाउने छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.