बिहीबार, आश्विन १५,२०८३ 05:26:48
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 05:26:48
Bizshala
Global IME Bank Limited

नाडा अटो शो २०२६ मा रिभोल्टको अहिले सम्मकै सबैभन्दा शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू RVX' सार्वजनिक

Bizshala
नाडा अटो शो २०२६ मा रिभोल्टको अहिले सम्मकै सबैभन्दा शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू RVX' सार्वजनिक
New Office

काठमाण्डौ । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले आज काठमाण्डौमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ RVX सार्वजनिक गरेको छ। RVX भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो। 

उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र व्यक्तिगत पहिचानलाई समान रूपमा रोज्ने पुस्ताका लागि डिजाइन गरिएको RVX ले नेपालमा विद्युतीय गतिशीलता (Electric Mobility) को नयाँ अध्यायको सुरुवात गरेको छ। 

RVX सीमित अवधिको लागि रु ३.९९ लाखको सुरुवाती मूल्यमा सार्वजनिक गरिएको छ । नाडा अटो शो २०२६ मा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौँको पानीपोखरी स्थित रिभोल्टको फ्ल्यागसिप शोरुममा बुकिङ र टेस्ट राइड खुला भइसकेको छ। नेपालभरि विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्क मार्फत छिट्टै यसको डेलिभरी सुरु गरिनेछ । 

नेपालमा वातावरणमैत्री गतिशीलताको प्रयोग तीव्र भइरहँदा, राइडरहरूले दैनिक व्यावहारिकताका साथसाथै रोमाञ्चक अनुभव, आधुनिक प्रविधि र आत्म अभिव्यक्ति दिने सवारीसाधन खोजिरहेका छन् । RVX ठ्याक्कै यही नयाँ पुस्ताका राइडरहरूलाई ध्यानमा राखेर तयार पारिएको हो। यसले नेपालको बाटो, भू-बनावट र जलवायु अनुकूल हुने गरी रोमाञ्चक पर्फर्मेन्स, उन्नत कनेक्टिभिटी र कम सञ्चालन खर्चलाई एउटै प्याकेजमा समेटेको छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै एमभी दुगड ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगडले भन्नुभयो, “नेपालमा सुरुवातदेखि नै रिभोल्टले पाएको प्रतिक्रिया निकै उत्साहजनक छ । नेपाली राइडरहरूका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याइरहने हाम्रो प्रतिबद्धताको नतिजा RVX हो । यो शक्तिशाली, स्मार्ट र हाम्रा युवा पुस्ताले रोज्ने राइडिङ शैली अनुसार निर्माण गरिएको छ । इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाका बीच RVX ले कार्यक्षमता वा शैलीमा कुनै सम्झौता नगरी दिगो र किफायती विकल्प प्रदान गर्छ।" 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रतन इन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले भनिन्, ‘नेपाल रिभोल्ट मोटर्सका लागि एक महत्त्वपूर्ण रणनीतिक बजार हो र RVX ले हाम्रो इन्जिनियरिङ र नवप्रवर्तनको उत्कृष्ट रूपलाई प्रतिनिधित्व गर्छ। यो नयाँ पुस्ता महत्त्वाकांक्षी र भविष्यप्रति आशावादी छ । उनीहरू प्रविधिले आफूलाई प्रेरित गरोस् र आफ्नो पहिचान झल्काओस् भन्ने चाहन्छन् । RVX ले यही भावनालाई आत्मसात् गरेको छ। एमभी दुगड ग्रुपसँगको सहकार्यमा यसले नेपालमा पर्फर्मेन्स इलेक्ट्रिक बाइकको नयाँ मानक स्थापित गर्नेमा हामी विश्वस्त छौं।’

पर्फर्मेन्स र प्रविधि

पर्फर्मेन्स उन्मुख इलेक्ट्रिक बाइकको रूपमा डिजाइन गरिएको RVX मा नयाँ ४ kw मिड-ड्राइभ PMSM मोटर रहेको छ, जसले ५.३ kw को पिक आउटपुट र हिलमा २३० Nm सम्मको टर्क प्रदान गर्छ । यो रिभोल्ट मोटर्सद्वारा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बाइक हो। यसले मात्र ३.९ सेकेन्डमा ० देखि ४० किमी प्रतिघण्टाको गति लिन्छ भने बिल्कुलै नयाँ बुस्ट मोडमा ९० किमी प्रतिघण्टाको अधिकतम गति प्राप्त गर्छ । 

RVX मा ३.२४ kWh को निकाल्न मिल्ने (Removable) NMC ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा १६० किलोमिटरको IDC रेन्ज दिन्छ। फास्ट चार्जरको प्रयोग गरी यसलाई मात्र ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । रिमुभेबल ब्याट्री डिजाइनका कारण सामान्य घरायसी सकेटबाट पनि जुनसुकै ठाउँमा सजिलै चार्ज गर्न सकिन्छ, जुन नेपाली घरहरूका लागि विशेष व्यावहारिक छ । 

RVX का प्रमुख विशेषताहरूः 

-५.३ kw पिक पावर र हिलमा २३० Nm सम्म टर्क दिने ४ kW मिड-ड्राइभ PMSM मोटर ३.२४ kWh रिमुभेबल NMC ब्याट्रीका साथ १६० किमी IDC रेन्ज 

-८० मिनेटमा ० देखि ८० प्रतिशत फास्ट चार्जिङ चार वटा राइडिङ मोडहरू बुस्ट (Boost), स्पोर्ट्स (Sports), सिटी (City) र इको (ECO) विविध सडकहरूमा उत्कृष्ट ह्यान्डलिङका लागि अपसाइड-डाउन (USD) फ्रन्ट फर्क र रियर मोनो-शक ३.५ इन्चको IP67-रेटेड PMVA डिस्प्ले, 

-ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो- फेन्सिङ र OTA अपडेटसहितको नयाँ डिजी-ड्याश (Digi-dash) कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटर 

-तीन आकर्षक रङहरूमा उपलब्ध: पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड 'नेपाल गर्छ रिभोल्ट' 

सोही अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले 'नेपाल गर्छ रिभोल्ट' नामक ब्रान्ड क्याम्पेन पनि अनावरण गरेका छन्, जुन रिभोल्टको नयाँ विश्वव्यापी ब्रान्ड मुभमेन्टको नेपाली संस्करण हो । यो अभियानले आत्मविश्वासले भरिएका, महत्त्वाकांक्षी र आफ्नै तरिकाले अघि बढ्न नहिचकिचाउने नेपाली राइडरहरूको सम्मान गर्छ, जसले गतिशीलतालाई आफ्नो पहिचान र सपनाको विस्तारका रूपमा हेर्छन् । 

उपलब्धता 

नाडा अटो शो २०२६ का आगन्तुकहरूले रिभोल्ट पेभिलियनमा RVX को प्रत्यक्ष अनुभव लिन टेस्ट राइड गर्न र बाइक प्रि-बुकिङ गर्न सक्नेछन्। प्रारम्भिक ग्राहकहरूका लागि विशेष अफरहरू उपलब्ध गराइएको छ । RVX रिभोल्टको फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढी लगायतका प्रमुख शहरहरूमा रहेका एमभी दुगड ग्रुपका शोरुमहरूमा उपलब्ध हुनेछ । प्रत्येक शोरुममा तालिमप्राप्त EV प्राविधिक, समर्पित सर्भिस पूर्वाधार र ओरिजिनल पार्ट्स तथा एसेसरिजको सुविधा रहनेछ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.