आईतवार, कार्तिक १,२०८३ 09:49:17
  • आईतवार, कार्तिक १,२०८३ 09:49:17
Global IME Bank Limited

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

Bizshala
नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै
New Office

काठमाण्डौ । यामाहाले विभिन्न शैली, आवश्यकतार रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटोशो २०२६ मा सार्वजनिक गर्ने भएको छ। नेपालमा यामाहाको बढ्दो range मा नयाँ विकल्पहरू थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस (Aerox 155 S), फेसिनोएस र डिस्क (Fascino S and Disc), तथा आर १५एस (R15 S) का नयाँ भेरियन्टहरू सार्वजनिक गरिनेछन्।

यामाहा एरोक्स १५५एस विशेष गरी पर्फर्मेन्स र डायनामिकराइडिङ अनुभव मन पराउने राइडरहरूका लागि तयार पारिएको हो। यसको स्पोर्टी डिजाइन, १५५ सीसीको इन्जिनर कि-लेस (keyless) फिचरले स्कुटरमै मोटर साइकल चलाएको जस्तो अनुभव गराउँछ। कि-लेस फिचरको मद्दतले चाबी विना नै इन्जिन सुरु गर्न सकिन्छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्छ। पर्फर्मेन्स र स्पोर्टीराइडको मज्जा लिँदै व्यावहारिक स्कुटर खोज्नेहरूका लागि यो उत्कृष्टछ रोजाइ बन्नेछ।

स्टाइललाई प्राथमिकता दिनेहरूका लागि यामाहाले नयाँ फेसिनोएस हाइब्रिड रफेसिनो डिस्क हाइब्रिड भेरियन्टहरू ल्याएको छ। आकर्षक डिजाइन र दैनिक रूपमा चलाउन सहज यी नयाँ हाइब्रिड भेरियन्टहरूले आरामदायी यात्राका साथै राइडरको व्यक्तिगत शैलीलाई पनि झल्काउँछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आर १५ एसर आर १५ एम (R15 S and R15 M) भेरियन्टहरूले यामाहाको लोकप्रिय 'आर सिरिज' लाईअझ परिमार्जन गरेर प्रस्तुत गर्नेछन्। 'नयाँ आर इन्स्टिंक्ट' अवधारणामा आधारित यी मोडलहरूबाट उत्कृष्ट रोड प्रेजेन्स र रोमाञ्चक राइडिङ अनुभव खोज्ने स्पोर्टी मोटरसाइकल प्रेमीहरूले विशेष अपेक्षा राखेका छन्। आर १५ सिरिज पहिलेदेखिनै नेपालमा यामाहाको पर्फर्मेन्स लाइन-अपको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ।

यी नयाँ थपिएका मोडलहरूबारे बोल्दै MAW ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘नेपालको बढ्दो राइडर समुदायसँग जोडिनका लागि नाडा हामी एउटा महत्त्वपूर्ण मञ्च हो। यामाहाका यी नयाँ भेरियन्टहरू मार्फत हामी पर्फर्मेन्स, प्रविधिदेखि स्टाइल र व्यक्तित्वसम्मका विभिन्न आवश्यकताहरू पूरा गर्ने उत्पादनहरू ल्याउँदैछौँ।हामीलाई विश्वास छ यी नयाँ मोडलहरूले राइडिङप्रेमीहरू माझ ठूलो उत्साह जगाउनेछन्।”

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, MAW राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमारअग्रवालले भने, ‘नेपाली राइडरहरूको बदलिँदो रुचिअनुसारका उत्पादनहरू ल्याउनुमा यामाहा सधैँ केन्द्रित रहँदै आएको छ। नयाँ एरोक्स१५५ एस, फेसिनो हाइब्रिड भेरियन्टहरू र आर १५ एसले यामाहाका विभिन्न विशेषताहरू झल्काउँछन्र यी मोडलहरू नाडामा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं। यी नयाँ भेरियन्टहरूले के कस्ता विशेषताहरू लिएर आएका छन् भन्ने कुरा आगन्तुकहरूले नजिकबाट अवलोकन गर्न पाउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ।”

नाडा अटो शो२०२६ मा यामाहाकायी नयाँ भेरियन्टहरूआधिकारिक रूपमा सार्वजनिक गरिनेछन्। यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम उत्पादनहरू अनुभव गर्ने र पर्फर्मेन्स, स्टाइल तथा इनोभेसनप्रतिको ब्रान्डको प्रतिबद्धता बुझ्न अवसर प्रदान गर्नेछ। हरेक वर्ष थुप्रै अटोप्रेमी तथा खरिदकर्ताहरूलाई आकर्षित गर्ने नाडा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल लन्च हुने मञ्चहरूमध्ये एक हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.