काठमाण्डौ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडाका अनुसार यस वर्षको प्रदर्शनीलाई विशेष महत्वका साथ ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गरिँदैछ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना हुन लागेको यो १८औँ संस्करणको मुख्य प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। आयोजकका अनुसार छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालको तीव्र गतिमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिलाई एकै थलोमा प्रस्तुत गर्नेछ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा विद्युतीय सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे सवारीसाधन, वित्तीय तथा बीमा सेवा प्रदायकसहित अटोमोबाइल कम्पोनेन्ट, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवाका स्टल रहने आयोजकले जनाएको छ।
नयाँ प्रविधि र उत्पादन मुख्य आकर्षण
यस वर्षको अटो शोमा नयाँ सवारीसाधन, प्रविधि र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीको प्रमुख आकर्षणमध्ये न्ज्ञ ह्युमानोइड रोबोट तथा न्यद्द क्वाड्रुपेड रोबोट समेत रहनेछन्। यी प्रविधिमार्फत भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा हुन सक्ने विकासबारे दर्शकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्य राखिएको छ।
त्यस्तै, Made in Nepal / Made for Nepal Pavilion’ अन्तर्गत नेपालमै उत्पादन भएका तथा नेपाली बजारलाई लक्षित गरी विकसित सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट र विभिन्न कम्पोनेन्ट प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने प्रोडक्ट लन्च कार्यक्रमसमेत आयोजना गरिनेछ। साथै, स्मार्ट मोबिलिटी, दिगो यातायात, कनेक्टिभिटी, सुविधा तथा सुरक्षा व्यवस्थालगायत विषयमा सिम्पोजियम आयोजना हुने आयोजकले जनाएको छ।
उपभोक्ता र व्यवसायीलाई प्रत्यक्ष सम्पर्कको अवसर
नाडाका अनुसार अटो शोले अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा उपभोक्तामाझ प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। यसबाट ग्राहक, व्यवसायी, उद्योग प्रतिनिधि तथा सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले नेपाली अटोमोबाइल उद्योगको विकास, व्यवसायिक सञ्जाल विस्तार तथा यस क्षेत्रप्रतिको जनचेतना अभिवृद्धिमा प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
टिकटदेखि पार्किङसम्म विशेष व्यवस्था
प्रदर्शनीमा सहभागी हुने दर्शकका लागि विभिन्न सुविधाको व्यवस्था गरिएको छ। खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ भने निश्चित अवधिका लागि अग्रिम टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, प्रदर्शनीस्थलमा छुट्टाछुट्टै जोन बनाएर दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणलगायत सामग्रीको प्रदर्शन गरिनेछ।
दर्शकको सहजताका लागि क्याफेटेरिया, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्कालीन स्वास्थ्य सेवा, सीसीटीभी निगरानी तथा आगलागी नियन्त्रणलगायत सुरक्षा र आपत्कालीन व्यवस्थापनसमेत गरिएको छ।
पार्किङ व्यवस्थापनका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनअन्तर्गतको क्षेत्र तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था गरिने आयोजकले जनाएको छ।
दुई लाखभन्दा बढी दर्शक आउने अपेक्षा
नाडाले यस वर्षको अटो शो अवलोकन गर्न करिब दुई लाख दर्शक आउने अपेक्षा गरेको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्रान्डका सवारीसाधन, विद्युतीय मोबिलिटी, अटो पार्ट्स, प्रविधि तथा सेवाहरू एकै स्थानमा अवलोकन गर्न सकिनेछ।
नाडाका अनुसार अटो शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको वर्तमान अवस्था, नयाँ प्रविधि र आगामी सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।
नाडा अटो शो २०२६ को को(स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर शिखर इन्स्योरेन्स, बेभरेज पार्टनर क्याम्पा, चार्जिङ पार्टनर जीआई चार्जर, हस्पिटालिटी पार्टनर द प्लाजा, टिकटिङ पार्टनर खल्ती बाई आईएमई, हाइड्रेसन पार्टनर पूर्णा वाटर र मोबिलिटी पार्टनर याङ्गोलगायत विभिन्न संस्थाहरू रहेका छन्। कार्यक्रम व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।