मंगलवार, भाद्र ९,२०८३ 07:38:54
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:38:54
Bizshala
Global IME Bank Limited

नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ XSR 155 सार्वजनिक गर्ने

नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ XSR 155 सार्वजनिक गर्ने
New Office

काठमाण्डौ । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा XSR 155 सार्वजनिक गर्ने घोषणा गरेको छ।

‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानअन्तर्गत सार्वजनिक गर्न लागिएको XSR 155 लाई यामाहाले रेट्रो–मोडर्न शैलीको मोटरसाइकलका रूपमा प्रस्तुत गरेको छ। यसले सडकमा आफ्नो छुट्टै पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक शैली रोज्ने राइडरलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

XSR 155 मा यामाहाको क्लासिक मोटरसाइकल विरासत र आधुनिक प्रविधिको संयोजन गरिएको छ। मोटरसाइकलमा टियरड्रप आकारको फ्युल ट्याङ्क, रेट्रो शैलीबाट प्रेरित गोलाकार एलईडी हेडल्याम्प, फ्ल्याट बेन्च–स्टाइल सिट तथा मिनिमल बडीवर्क उपलब्ध छन्।

मोटरसाइकलमा १५५ सीसी इन्जिन प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले दैनिक सहरी यात्रासँगै आवश्यक पर्फर्मेन्सबीच सन्तुलन कायम गर्नेछ। क्लासिक डिजाइनमा आधुनिक सुविधा तथा प्रविधि समेटिएकाले XSR 155 ले फरक राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

Bizshala
CG Motors

एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले नेपाली बजारमा छुट्टै पहिचान बनाउन सक्ने मोटरसाइकल भित्र्याउन पाउँदा उत्साहित भएको बताए।

“बर्न टु स्ट्यान्ड अपार्ट अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव हो,” अग्रवालले भने, “नाडा अटो शो मोटरसाइकल पारखीका लागि XSR 155 प्रत्यक्ष अवलोकन गर्ने र प्रारम्भिक ग्राहक बन्ने अवसर हुनेछ।”

नाडा अटो शोबाटै प्रि–बुकिङ खुल्ने

यामाहा नेपालले XSR 155 को विशेष प्रि–बुकिङ नाडा अटो शोबाटै खुला गर्ने जनाएको छ। कम्पनीका अनुसार ग्राहकले मोटरसाइकल खरिदका लागि एक महिना अगावै प्रि–बुकिङ गर्नुपर्नेछ।

सीमित प्रि–बुकिङमार्फत बजारमा व्यापक रूपमा उपलब्ध हुनुअघि नै इच्छुक राइडरलाई प्रारम्भिक कोटामा पहुँच दिने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

नाडा अटो शोमा सहभागी हुने मोटरसाइकलप्रेमीले अगस्ट २५ देखि ३० सम्म बिहान १०ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म भृकुटीमण्डप प्रदर्शनी हलस्थित यामाहाको स्टलमा पुगेर XSR 155 प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। त्यहाँ उत्पादन विशेषज्ञसँग अन्तरक्रिया तथा प्रि–बुकिङको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X