बुधबार, भाद्र १०,२०८३ 08:28:38
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 08:28:38
Bizshala
Global IME Bank Limited

नाडा अटो शोमा बीवाइडीको ‘ह्याट्रिक’: एट्टो–२ सुपेरियर र सियलिओन–७ लञ्च, शार्क–६ शोकेस

नाडा अटो शोमा बीवाइडीको ‘ह्याट्रिक’: एट्टो–२ सुपेरियर र सियलिओन–७ लञ्च, शार्क–६ शोकेस
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भइरहेको १८ औं संस्करणको ‘नाडा अटो शो–२०२६’ दोस्रो दिनसम्म आइपुग्दा धेरै नयाँ सवारीसाधनको लञ्च भएको छ । ‘नाडा अटो शो–२०२६’ मा नयाँ सवारीसाधन लञ्च गर्ने होडबाजी नै भइरहेको छ ।

नेपालका लागि विवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्क प्राली हो । ‘नाडा अटो शो–२०२६’ मा साइमेक्स इन्क प्रा।लि।ले विवाइडीको तीन नयाँ भेरियन्टको गाडी लञ्च गरेको छ ।

अटो शोमा विवाइडी एट्टो–२ ९सुपिरियर०, विवाइडी सियलिओन–७ र बीवाइडीको प्लग–इन हाइब्रिड पिकअप ‘शार्क ६’ लञ्च भएका हुन् । ‘नाडा अटो शो–२०२६’ मा लञ्च भएका विवाइडीको यी नयाँ भेरियन्टको गाडीको मूल्य पनि सार्वजनिक गरिएको छ ।

नाडा अटो शोमा बीवाइडी एट्टो–२ सुपेरियर सार्वजनिक, मूल्य ५१ लाख ९९ हजार

नेपालका लागि बीवाइडीको आधिकारिक बितरक साइमेक्स इंकले नाडा अटो शो २०२६ मा बीवाइडी एटो–२ को सनरुफसहितको सुपेरियर भेरियन्ट सार्वजनिक गरेको छ ।

‘नाडा अटो शोमा तीन नयाँ भेरियन्टको गाडी लञ्च भएका छन् । विवाइडी एट्टो–२ ९सुपिरियर० यही अटो शोमा लञ्च भएको हो । यहाँ सार्वजनिक गरिएको एटो–२ सुपेरियरको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।’, विवाइडीको सेल्स विभागको इशान बुढाथोकीले भने ।

विवाइडी एट्टो–२ ९सुपिरियर० मा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ । यसमा ५१।१३ किलोवाट आवरको ब्याट्री प्याक गरिएको छ । एकपटक चार्ज गर्दा ३४५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

एसयूभीको लम्बाइ ४,३१० एमएम, चौडाइ १,८३० एमएम र उचाइ १,६७५ एमएम रहेको छ । यसको ह्वीलबेस २,६२० एमएम र ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । बुट स्पेस ४०० लिटरको रहेको छ ।

विवाइडी एट्टो–२ ९सुपिरियर० को इन्टेरियरमा १२।८ इन्चको रोटेटिङ टचस्क्रिन र ८।८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल उपलब्ध रहेको छ । यसमा फोर–स्पोक फ्ल्याट–बटम स्टेरिङ ह्वील, ५० वाटको वायरलेस चार्जिङ प्याड तथा सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट पनि दिइएको छ ।

सुपेरियर भेरियन्टमा पावर्ड तथा भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, भ्वाइस असिस्ट र इलेक्ट्रिक टेलगेटजस्ता सुविधा छन् । नयाँ भेरियन्टमा सनरुफ पनि थप गरिएको हो ।

सुरक्षातर्फ विवाइडी एट्टो–२ ९सुपिरियर० मा ६ वटा एयरब्याग, एबीएस, इलेक्ट्रोनिक पार्किङ ब्रेक ९ईपीबी०, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल ९ईएससी०, हिल असिस्ट र ३६० डिग्री सराउन्ड–भ्यू क्यामेरा उपलब्ध रहेका छन् ।

Bizshala
CG Motors

नाडा अटो शोमा बीवाइडी सियलिओन–७ को नयाँ संस्करण, मूल्य ९२ लाख ९९ हजार

प्रिमियम एसयूभीअन्तर्गत विवाइडी सियलिओन–७ को अपडेटेड संस्करण ‘नाडा अटो शो–२०२६’ मा लञ्च भएको छ ।

‘नाडा अटो शोमा लञ्च भएको विवाइडी सियलिओन–७ प्रिमियम एसयूभी हो । विवाइडी सियलिओन–७ को मूल्य ९२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।’, उनले भने ।

‘पहिलेको तुलनामा यो विवाइडी सियलिओन–७ १३ लाख १४ हजार रुपैयाँ महङ्गो छ । पहिलेको सय किलोवाट मोटर भएको सियलिओन–७ को मूल्य ७९ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।’, उनले भने ।

विवाइडीको नयाँ सियलिओन–७ मा १७० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले अधिकतम ३८० न्युटन मिटर टर्क उत्पादन गर्दछ । यसमा पहिलेकै ७१।८ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ ।

एक पटक चार्ज गर्दा यसले ४४० किलोमिटरसम्मको रेन्ज दिने गर्दछ । एसयूभीको लम्बाइ ४,८३० एमएम, चौडाइ १,९२५ एमएम र उचाइ १,६२० एमएम रहेको छ । यसको ह्वीलबेस २,९३० एमएम रहेको छ ।

ड्राइभिङ सुरक्षाका लागि यसमा डी–पाइलट १०० ९गड्स आई० एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम दिइएको छ । प्रणालीमा १२ वटा अल्ट्रासोनिक सेन्सर, ५ एमएम वेभ राडार तथा ११ वटा ओम्नी–भ्यू क्यामरा समावेश छन् ।

इन्टेरियरतर्फ १२८ रङको एम्बियन्ट लाइटिङसहित प्रिमियम क्याबिन, मसाज फङ्सनसहितका भेन्टिलेटेड सिट, नयाँ डिजाइनको फोर–स्पोक फ्ल्याट–बटम स्टेयरिङ ह्वील र १५।६ इन्चको रोटरी इन्फोटेनमेन्ट स्क्रिन दिइएको छ ।

भ्वाइस कन्ट्रोल, क्रिस्टल गियर सेलेक्टर, ल्यापटप चार्ज गर्न मिल्ने २२० भोल्ट पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ स्पिकर, ५० वाटको वायरलेस चार्जर, ५० इन्चको एआर हेड–अप डिस्प्ले, इलेक्ट्रोक्रोमिक मुनरुफ र नापा लेदर सिटजस्ता सुविधा छन् ।

सुरक्षाका लागि विवाइडीको नयाँ सियलिओन–७ मा ११ वटा एयरब्याग, ३६०–डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सर र लेभल–२ एडाससहित विभिन्न सुरक्षा प्रविधि जडान गरिएका छन् ।

विवाइडी ‘शार्क ६’ नाडा अटो शोमा सार्वजनिक, मूल्य घोषणा हुन बाँकी

‘नाडा अटो शो–२०२६’ मा विवाइडीको प्लग–इन हाइब्रिड पिकअप ‘शार्क ६’ लञ्च भएको छ ।

‘शार्क–६ लाई नाडा अटो शोमा शोकेस मात्र गरेका हौं । यसको मूल्य भने घोषणा हुन बाँकी छ ।’, उनले भने ।

विवाइडी शार्क डीएमओ प्लेटफर्ममा आधारित छ । डीएमओमा ‘डीएम’ ले ड्युल मोटर र ‘ओ’ ले अफरोड क्षमतालाई जनाउँछ । शार्क–६ को लम्बाइ ५,४५७ मिलिमिटर, चौडाइ १,९७१ मिलिमिटर र उचाइ १,९२५ मिलिमिटर रहेको  छ ।

यसको ह्वीलबेस ३,२६० मिलिमिटर रहेको छ । पिकअपमा १।५ लिटर टर्बोचाज्र्ड चार सिलिन्डर पेट्रोल इन्जिनसँगै दुईवटा विद्युतीय मोटर जडान गरिएको छ ।

फ्रन्ट मोटरले १७० किलोवाट पिक पावर र ३१० एनएम टर्क तथा रियर मोटरले १५० किलोवाट पिक पावर र ३४० एनएम टर्क उत्पादन गर्दछ । पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयुक्त आउटपुट ४३० हर्सपावर रहेको छ ।

पिकअपमा २९।५८ किलोवाट–आवर क्षमताको बीवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीबाट १०० किलोमिटर एनईडीसी रेन्ज र पेट्रोल तथा विद्युतीय प्रणालीको संयुक्त रेन्ज ८४० किलोमिटरसम्म हुने छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.