काठमाण्डौ । नेपालको अटोमोबाइल क्षेत्रकै ठूलो प्रदर्शनीका रूपमा रहेको नाडा अटो शो २०२६ मा पहिलो दिनदेखि नै आगन्तुकको आकर्षण देखिएको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८औँ संस्करणमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, स्वदेशमा उत्पादित तथा एसेम्बल भएका सामग्री र नयाँ प्रविधिले विशेष ध्यान खिचेका छन्।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये G1 Humanoid Robot र Go2 Quadruped Robot समेत रहेका छन्। भविष्यमा यातायात तथा मोबिलिटी क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले यी रोबोट प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।
त्यस्तै, नेपाली कम्पनीले उत्पादन तथा एसेम्बल गरेको विद्युतीय सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकता दिँदै ‘Made in Nepal / Made for Nepal’ Pavilion स्थापना गरिएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डसँग एउटै मञ्चमा प्रस्तुत गरिनुलाई यस संस्करणको महत्वपूर्ण विशेषताका रूपमा हेरिएको छ।
अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरेका छन्। Hyundai, Tata, BYD, Deepal, Leapmotor, BAIC, Hongqi, Avatr, Aion, Changan, Chery, Geely र Skywell लगायतका ब्रान्डले नयाँ सवारीसाधन प्रदर्शन गरेका छन्। दुईपांग्रेमा Royal Enfield, Yamaha र Honda लगायतका ब्रान्ड सहभागी छन्।

























प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।