शुक्रबार, आश्विन २,२०८३ 06:10:38
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 06:10:38
Bizshala
Global IME Bank Limited

चीनतर्फको ताल फुटेपछिको बाढी स्याफ्रुबेसी आइपुग्यो, अब त्रिशूली हुँदै मुग्लिनतर्फ जोखिम

चीनतर्फको ताल फुटेपछिको बाढी स्याफ्रुबेसी आइपुग्यो, अब त्रिशूली हुँदै मुग्लिनतर्फ जोखिम
New Office

 

काठमाण्डौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी पुगेको हो।

माथिल्लो तटीय क्षेत्रबाट बाढी तलतर्फ सर्ने क्रम जारी रहेकाले भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र, विशेषगरी मुग्लिनसम्मका नदी किनार र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन भनेको छ।

Shivam Cement
Bizshala
CG Motors

चीनतर्फ पहिरो र भग्नावशेषले नदी थुनिएर बनेको ताल फुटेको सूचना आएपछि यसअघि नै रसुवा र नुवाकोट क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो। जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा खटिएका उद्धारकर्मी, डोजर तथा अन्य उपकरणसमेत सुरक्षित स्थानतर्फ सारिएका छन्।

बाढी स्याफ्रुबेसी आइपुगेपछि अब तल्लो तटीय क्षेत्रमा बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान, बगर क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

भोटेकोशी हुँदै त्रिशूलीतर्फ बाढी सर्ने भएकाले नुवाकोट, धादिङ र मुग्लिन आसपासका तटीय क्षेत्रमा समेत निगरानी र सतर्कता बढाइएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.