आईतवार, कार्तिक १,२०८३ 09:08:04
  • आईतवार, कार्तिक १,२०८३ 09:08:04
Global IME Bank Limited

शिवम् होल्डिङ्सले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश बाँड्ने, आईपीओ समेत जारी गर्ने

Bizshala
शिवम् होल्डिङ्सले ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश बाँड्ने, आईपीओ समेत जारी गर्ने
New Office

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा भदौ १४ गते काठमाण्डौमा सम्पन्न सभाले विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष शारडाले प्रस्तुत गरेको कम्पनीको वार्षिक प्रगति प्रतिवेदनसहितका सबै प्रस्ताव पारित गरेको जनाएको छ।

साधारणसभाले हाल कायम सेयरधनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, आगामी चार वर्षका लागि सञ्चालक समिति पुनर्गठन गरिएको छ। शारडाको अध्यक्षतामा सुशिल गुप्ता र नन्दिनी मारु सञ्चालक सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट प्रदीप राज उपाध्याय स्वतन्त्र सञ्चालक रहने गरी नयाँ सञ्चालक समिति गठन गरिएको कम्पनीले जनाएको छ। सभाले कम्पनीको सञ्चालक समितिलाई आवश्यक अख्तियारीसमेत प्रदान गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

यसैगरी, कम्पनीको ५ अर्ब ८० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १ करोड १६ लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

सर्वसाधारणलाई सेयर निष्कासनका लागि यसअघि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्र संशोधन, परिमार्जन तथा अद्यावधिक गरी आवश्यक कागजातसहित पुनः बोर्डसमक्ष पेश गर्ने व्यवस्था मिलाउने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.