प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्सको ११ करोड ६० लाख लाभांश वितरणको निर्णय
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई कुल ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।