सोमबार, भाद्र १५,२०८३ 07:33:02
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 07:33:02
Bizshala
Global IME Bank Limited

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग घोषणा

बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग घोषणा
New Office

काठमाण्डौ । गत भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।

यसअन्तर्गत, शिवम् सिमेन्ट लिमिटेड ले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११,००० बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

Bizshala
CG Motors

त्यस्तै शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

उक्त रकम बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

शिवम् सिमेन्टले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन पुर्नस्थापना कार्यमा साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.