सोमबार, भाद्र १५,२०८३ 07:05:35
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 07:05:35
Bizshala
Global IME Bank Limited

बाढीले टुटाएको सडक सम्पर्क पुनः जोडियो, त्रिशूलीपारि वैकल्पिक बाटो सञ्चालनमा

बाढीले टुटाएको सडक सम्पर्क पुनः जोडियो, त्रिशूलीपारि वैकल्पिक बाटो सञ्चालनमा
New Office

 

काठमाण्डौ । बाढीका कारण त्रिशूली नदीमाथिका पुलमा क्षति पुगेपछि सडक सम्पर्कबाट विच्छेद भएको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।

नयाँ सञ्चालनमा आएको मार्ग कल्लेरीटार–कोशीखोला–पिपलटार–दर्शनटार–छत्रेखोला–गौरीबेसी हुँदै त्रिशूली बजारसम्म जोडिएको छ।

Bizshala
CG Motors

सडक सञ्चालनमा आएसँगै त्रिशूलीपारिका धेरै बस्तीका नागरिकको सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ।

यसले स्थानीय आवतजावत सहज बनाउनुका साथै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।

बाढीपछि पुल र सडकमा पुगेको क्षतिका कारण नुवाकोटका विभिन्न क्षेत्रको नियमित यातायात प्रभावित भएको थियो। वैकल्पिक सडक सञ्चालनमा आएसँगै प्रभावित भूभागलाई तत्कालका लागि यातायात सञ्जालमा जोड्ने महत्वपूर्ण काम भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.