आईतवार, फाल्गुन ११,२०८१ 11:36:06
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:36:06
IME remit
Global IME Bank Limited

युनिक नेपाल लघुवित्त ३.८४ करोड नाफा आर्जन गर्न सफल, ईपीएस २५.८७ रुपैयाँ

Hyundai Nepal
युनिक नेपाल लघुवित्त ३.८४ करोड नाफा आर्जन गर्न सफल, ईपीएस २५.८७ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले यो नाफा चालु आवको तेस्रो त्रैमाससम्ममा आर्जन गरेको हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्था ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ९.०५ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले १७ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १८७.६७  प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । संस्थाको कुल सञ्चालन खर्च ९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

संस्थाको रिजर्भको आकार १९.९७ प्रतिशतले बढ्दै १८ करोड २५ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ १५ करोड २६ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संलकन २ अर्ब ५४ करोड ८७ लाख र कर्जा प्रवाह ३ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा बढेको छ । संस्थाको खराब कर्जा अनुपात १०.२९ प्रतिशत पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात १०.२९ प्रतिशत कायम थियो । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८ करोड १ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) २५.८७ रुपैयाँ, प्रतिसयर नेटवर्थ ३२८.६५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५३९.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६३.०२ गुणा र तरलता अनुपात ९.२५ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.