मंगलवार, भाद्र १६,२०८३ 04:54:05
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 04:54:05
Bizshala
Global IME Bank Limited

रसुवा–नुवाकोटका बाढीपीडितलाई बीमा प्राधिकरणको १० करोड सहयोग

रसुवा–नुवाकोटका बाढीपीडितलाई बीमा प्राधिकरणको १० करोड सहयोग
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

२०८३ भदौ १० गते रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्राधिकरणले विपद्बाट प्रभावित परिवारप्रति दुःख व्यक्त गरेको छ। विशेषगरी रसुवा र त्रिशूली क्षेत्रमा बाढीले पुर्‍याएको विनाशकारी क्षतिप्रति प्राधिकरणले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको हो।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरूको आपतकालीन आवश्यकता पूरा गर्न उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो। सरकारको राहत तथा पुनःस्थापनाको प्रयासमा सहयोग पुर्‍याउने र प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन योगदान गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको प्राधिकरणले जनाएको छ।

Bizshala
CG Motors

नियमनकारी निकायका रूपमा आफ्नो भूमिकासँगै सामाजिक उत्तरदायित्वप्रति पनि प्राधिकरण प्रतिबद्ध रहेको उल्लेख गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक पूर्वाधारको क्षतिको विवरण संकलनमा समेत सहजीकरण गर्ने जनाएको छ।

त्यसैगरी, बाढीबाट प्रभावित क्षेत्रमा बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्राधिकरणले प्रतिबद्धता जनाएको छ। प्रभावितको क्षतिको यथार्थ विवरण संकलन गरी बीमितले पाउने दाबी रकम शीघ्र उपलब्ध गराउने वातावरण बनाउन प्राधिकरणले पहल गर्ने भएको हो।

प्राधिकरणले संकटको यस घडीमा बाढी प्रभावित नागरिकको जीवन सहज बनाउन तथा पीडित परिवारलाई राहतको अनुभूति गराउन सम्पूर्ण बीमा क्षेत्रका सरोकारवालालाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ।

बाढीबाट प्रभावित सम्पूर्ण क्षेत्रमा शान्ति, सुरक्षा तथा पुनःनिर्माणको कार्य छिटो अघि बढ्ने अपेक्षा गर्दै प्राधिकरणले विपद्को अवस्थामा सबै पक्षबाट सहकार्य र सहयोग आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.