बुधबार, भाद्र १७,२०८३ 03:35:01
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 03:35:01
Bizshala
Global IME Bank Limited

बाढीपहिरो प्रभावित कर्मचारी र सहकारी संस्थाका लागि राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग

बाढीपहिरो प्रभावित कर्मचारी र सहकारी संस्थाका लागि राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग
New Office

काठमाण्डौ । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भदौ १० गते आएको अप्रत्याशित बाढी तथा पहिरोबाट प्रभावित कर्मचारी र सहकारी संस्थाहरूको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न सहयोग घोषणा गरेको छ।

प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैंकका अनुसार नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको तथा केही कर्मचारीका आफन्त अझै सम्पर्कविहीन रहेको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूबाट स्वस्फूर्त रूपमा रु. ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरिएको छ।

संकलित रकमबाट प्रभावित कर्मचारीलाई प्रतिव्यक्ति रु. ५० हजारका दरले तत्काल राहत उपलब्ध गराइएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले एक दिन बराबरको बैठक भत्ता योगदान गर्ने भएका छन्। सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग प्रदान गरिने बैंकले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विपद्का कारण सहकारी संघ–संस्थाका अभिलेख, प्रविधिगत सामग्री तथा भौतिक पूर्वाधारमा क्षति पुग्दा सेवा प्रवाह प्रभावित भएको भन्दै बैंकले सहकारी संस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि रु। २० लाख विनियोजन गरेको छ।

उक्त रकम सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डका आधारमा वितरण गरिनेछ।

बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको सुरक्षित उद्धार, अस्थायी आवास, खाद्यान्न, शुद्ध खानेपानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकता तत्काल पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, राहत, पुनर्वास तथा दीर्घकालीन पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी, समन्वित र परिणाममुखी बनाउन पनि बैंकले जोड दिएको छ।

बैंकले उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवी संस्था तथा अन्य सरोकारवाला निकायको प्रयासप्रति सम्मान व्यक्त गरेको छ।

सहकारी अभियानको साझा अभिभावक तथा सहकारी क्षेत्रको अग्रणी वित्तीय संस्थाका रूपमा आफूलाई प्रस्तुत गर्दै बैंकले प्रभावित सहकारी संघ–संस्थाको पुनःस्थापना, सेवा प्रवाहको निरन्तरता तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक वित्तीय, प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

बैंकले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा सहकारिताको मूल मर्मअनुरूप सम्पूर्ण सहकारी समुदायलाई आपसी सहकार्य, ऐक्यबद्धता र सद्भावका साथ अघि बढ्न आह्वानसमेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.