बिहीबार, कार्तिक ५,२०८३ 07:00:01
  • बिहीबार, कार्तिक ५,२०८३ 07:00:01
Global IME Bank Limited

ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'

Bizshala
ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'
New Office

काठमाण्डौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन्। बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी हुन्।

कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरिन्। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताइन्।

मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिइन्। होटलमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासको सिलिन्डर ठूलो बनाउनुपर्ने प्रस्तावसमेत उनले अघि सारिन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले होटल व्यवसायलाई बन्द गराउने सरकारको कुनै सोच नरहेको स्पष्ट पार्दै देशको अर्थतन्त्र र पर्यटन क्षेत्र चलायमान बनाउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको अवस्थामा भने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास आपूर्तिलाई सहज बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

छलफलमा नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीहरू आफैंले समेत सवारीसाधनको व्यवस्था गरेर ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरे।

शाहले पछिल्लो अवस्थाका कारण कतिपय उपभोक्ता लामो समयसम्म ग्यास नपाएर समस्यामा परेको जानकारी आएको बताउँदै यस्तो अवस्था दोहोरिन नदिन होटल व्यवसायीलाई पनि सहजीकरण गर्न आग्रह गरे। उनले होटल प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको तौल बढाउने विषयमा समेत छलफल आवश्यक रहेको बताए।

भारतबाट आयात हुने ग्यासमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न नेपालको विद्युत् ऊर्जाको प्रयोग बढाउनुपर्नेमा समेत शाहले जोड दिए। होटल व्यवसायमा ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन उनले आग्रह गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरे।

अध्यक्ष शाहले होटल व्यवसायीहरू ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोतर्फ जान तयार रहेको बताए। तर होटल व्यवसायलाई उद्योगको रूपमा नहेरी महँगो विद्युत् महसुलमा राखिएका कारण समस्या भइरहेको भन्दै होटललाई पनि उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउन राज्यसँग आग्रह गरे।

होटल प्रयोजनका लागि ग्यास सिलिन्डर १९ केजी बनाउने विषयमा भने व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर मात्र अघि बढेमा आफूहरूको साथ रहने अध्यक्ष शाहले बताए।

सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न थालेको भन्दै मन्त्री यादवले आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाइन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.