उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजिनामा
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छिन् । आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
TRENDING
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छिन् । आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
काठमाण्डौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन्। बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज मात्रै सपथ ग्रहण गरी पदबहाली गरेका नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छिन् । सपथ ग्रहण तथा पदबहालीपछि मन्त्रीको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा मन्त्री यादवले उपभोक्ताले...
काठमाण्डौ । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले तत्काल त्यस्ता उत्पादनको बिक्री–वितरण रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएकी छन् ।मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकायले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरेकी छिन् । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेकी छन्। लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्वपूर्ण कामका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छिन् । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा बिहीबार...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सी भी जु बीच शिष्टाचार भेटवार्ता भएको छ ।भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ । सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छिन् । बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुग्नुभएकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव (नारायणप्रसाद शर्मा दुवाडी) लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएको...
काठमाण्डौ । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदी प्रदूषण नियन्त्रणमा सरकारले कडाइ थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिँदै मन्त्रालयले सूचना जारी गरेको थियो । तर उक्त सूचनालाई समेत बेवास्ता गरेपछि वातावरणीय...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको ठाडो निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सरकारले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम निर्देशन दिएको छ। तोकिएको समयभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र...
काठमाण्डौ । वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगहरूले भाडा बक्यौता तिर्न थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता धमाधम उठ्न थालेको हो ।मन्त्री यादवले ७ दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बत्ती र पानीको लाइन काट्न स्पष्ट निर्देशन दिएकी...
काठमाण्डौ । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ । मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले तीव्र गतिमा काम गर्दै मात्र दुई साताको छोटो अवधिमा यो महत्वपूर्ण प्रतिवेदन तयार...
काठमाण्डौ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनतर्फ सरकारले कदम अघि बढाएको छ । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि ३३ लाख रुपैयाँ निकासा गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले उक्त प्रस्तावलाई सदर गर्दै रकम निकासा गरेको हो ।
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पारे ।बैठकमा नेपाल उद्योग...
काठमाण्डौ । औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव अहिले कडा रूपमा प्रस्तुत भएकी छन्। सरकारलाई भाडा नतिरी सरकारी सम्पत्ति कब्जा जमाएर बसेका ३ सयभन्दा बढी उद्योगहरूलाई कारबाही गर्ने मन्त्रीको चेतावनीपछि त्यसको ठूलो प्रभाव देखिएको छ।मन्त्री यादवको कडा चेतावनी सार्वजनिक भएको २४...
काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यक्रममा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्। मन्त्री यादव जेनेभा गएपछि उनको अनुपस्थितिमा मन्त्रालयको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई कार्यवाहक श्रम मन्त्रीको जिम्मेवारी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.