आईतवार, कार्तिक १५,२०८३ 08:25:00
  • आईतवार, कार्तिक १५,२०८३ 08:25:00
Global IME Bank Limited

नवनियुक्त आयल निगम प्रमुख शाहलाई मन्त्री यादवको निर्देशन, ‘ग्यास अभाव तत्काल समाधान गर्नु’

Bizshala
नवनियुक्त आयल निगम प्रमुख शाहलाई मन्त्री यादवको निर्देशन, ‘ग्यास अभाव तत्काल समाधान गर्नु’
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज मात्रै सपथ ग्रहण गरी पदबहाली गरेका नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छिन् ।  

सपथ ग्रहण तथा पदबहालीपछि मन्त्रीको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा मन्त्री यादवले उपभोक्ताले कुनै पनि अवस्थामा ग्यास अभावका कारण सास्ती भोग्न नपर्ने वातावरण बनाउन जोड दिँदै अहिले देखिएको समस्या तत्काल समाधान गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिएकी हुन् ।

उनले ग्यास आपूर्ति व्यवस्थालाई थप प्रभावकारी, नियमित र सहज बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताईन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भेटका क्रममा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतलाई शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान र त्यसको प्रभावकारी बजारीकरणको प्रक्रिया अघि बढाउन समेत निर्देशन दिईन् ।

स्वदेशी प्राकृतिक स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाई थियो ।  

Garima Development Bank
Bizshala
IME remit

त्यसैगरी, मन्त्री यादवले नवनियुक्त कार्यकारी निर्देशक शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल आयल निगमभित्र आन्तरिक सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमको साख र जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिईन् ।

मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल आयल निगमले त्यसअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा विशेष जोड दिईन् ।  

आज सपथ ग्रहणसँगै कार्यभार सम्हालेका कार्यकारी निर्देशक शाहले मन्त्रालयले दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.