आईतवार, भाद्र २१,२०८३ 04:31:13
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 04:31:13
Bizshala
Global IME Bank Limited

रसुवागढी सडक अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइने

रसुवागढी सडक अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइने
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि चीनको केरुङमा भण्डारण गरिएका नेपाली व्यापारीका सामान वैकल्पिक मार्ग हुँदै कोरला नाकाबाट नेपाल ल्याइने भएको छ।

हिमपहिरोसहित ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवागढी क्षेत्रमा रहेका सरकारी कार्यालय तथा सडक संरचनामा समेत क्षति पुगेको थियो। बाढीले रसुवागढी हुँदै काठमाडौं जोड्ने सडकमार्ग प्रभावित भएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरमा रहेका सामान वैकल्पिक सडकमार्ग प्रयोग गरी नेपाल ल्याउने प्रक्रिया सुरु भएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।

मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार बाढीले क्षतिग्रस्त रसुवागढी क्षेत्रका भौतिक संरचना तथा काठमाडौं जोड्ने सडकमार्ग पुनः सञ्चालनमा आउन समय लाग्ने देखिएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनका अनुसार नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामानको माग बढ्ने भएकाले ढुवानीलाई सहज बनाउन वैकल्पिक मार्गबाट सामान ल्याउने काम तीव्र पारिएको छ।

“नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडपर्व सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रूपमा भइरहेको थियो,” ज्याङले भने।

यसैबीच, बाढीका क्रममा रसुवागढी–त्रिशूली सडकखण्डमा ढुवानीका क्रममा रहेका कैयौँ कन्टेनरसमेत बगेका थिए। बाढीका कारण व्यापारिक सामानसहित ठूलो जनधनको क्षति भएको थियो।

ज्याङका अनुसार चिनियाँ उत्पादक कम्पनीबाट नेपालका व्यापारी तथा व्यवसायीले खरिद गरेका सामान सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने काम उनको कम्पनीले गर्दै आएको छ। अहिले रसुवागढी मार्ग अवरुद्ध भएपछि वैकल्पिक नाकाबाट ती सामान नेपाल पुर्‍याउने प्रयास भइरहेको उनले बताए।

आफ्नो पारिवारिक पृष्ठभूमिबारे जानकारी दिँदै ज्याङले उनका मुस्लिम समुदायका पुर्खाहरू व्यापार–व्यवसायका सिलसिलामा काठमाडौंको बागबजारबाट तिब्बततर्फ जाने गरेको बताए। सोही व्यापारिक सम्बन्धलाई निरन्तरता दिँदै आफूले हाल चीनको सिगात्सेमा रहेर नेपालको सीमावर्ती नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको उनले जानकारी दिए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.