कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी नियन्त्रणमा
काठमाण्डौ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा लिइएको छ। कास्की–मुस्ताङ सडक खण्डमा गरिएको विशेष सुरक्षा जाँच अभियानका क्रममा बुधबार रातीदेखि बिहीबार बिहानसम्म करिब ७७५ वटा सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

