मंगलवार, आश्विन १३,२०८३ 07:27:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:27:22
Bizshala
Global IME Bank Limited

सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्

रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ‘ए’ मा करिब ४०–४२ जना रहेको सेनाको आकलन

Bizshala
सेनाको नयाँ तथ्यांक : जलविद्युत् आयोजनाका टनेलभित्र फसेका करिब १२१, ९ सय सम्पर्कविहीन सबै सुरुङमा होइनन्
New Office

 

काठमाण्डौ । रसुवा बाढीपछि भोटेकोशी तथा त्रिशूली नदी करिडोरका विभिन्न जलविद्युत् आयोजनासँग आबद्ध करिब ९ सय व्यक्ति सम्पर्कविहीन देखिए पनि ती सबै सुरुङभित्र फसेका नभएको नेपाली सेनाले स्पष्ट पारेको छ।

सेनाको पछिल्लो आकलनअनुसार विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र प्रवेश गरेका वा फसेको आशंका गरिएका व्यक्तिको संख्या करिब १२१ जना मात्रै रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनासँग सम्बन्धित सम्पर्कविहीन सबै व्यक्तिलाई टनेलभित्र फसेको भनेर बुझ्न नहुने बताए।

उनका अनुसार प्रारम्भिक विवरणमा रसुवागढीमा ५ जना, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५० र त्रिशूली–३ ‘ए’ मा करिब ४० देखि ४२ जना टनेल क्षेत्रमा रहेको देखिएको छ।

त्रिशूली–३ ‘बी’ मा सम्पर्कविहीन देखिएका सबै व्यक्ति भने टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको सेनाले स्पष्ट पारेको छ।

सहायक रथी थापाका अनुसार विभिन्न परियोजनाबाट करिब ९ सय व्यक्ति सम्पर्कविहीन रहेको विवरण आए पनि त्यसमा आयोजना परिसर, आवास क्षेत्र तथा अन्य कार्यस्थलमा रहेका व्यक्तिसमेत समावेश छन्।

‘परियोजनासँग आबद्ध करिब ९ सय व्यक्ति सम्पर्कविहीन देखिएका हुन्, ती सबै टनेलभित्र फसेका होइनन्,’ थापाले बताए।

यसअघि विभिन्न परियोजनामा ठूलो संख्यामा व्यक्ति टनेलभित्रै रहेको अनुमान सार्वजनिक भइरहेका बेला सेनाले वास्तविक टनेल प्रवेशसम्बन्धी विवरण छुट्याएर हेर्नुपर्ने बताएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘टनेल पूर्ण ब्रेकथ्रु नभएसम्म खोजी रोकिँदैन’

सेनाले प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान जारी राख्ने जनाएको छ।

सहायक रथी थापाले सम्पूर्ण टनेलको ‘ब्रेकथ्रु’ भएर सबै सम्भावित स्थानमा खोजी पूरा नभएसम्म अभियान नरोकिने स्पष्ट पारे।

‘जबसम्म सम्पूर्ण टनेल ब्रेकथ्रु हुँदैन, त्यतिन्जेल खोजी जारी रहन्छ,’ उनले भने, ‘सरकार वा सम्बन्धित प्राधिकरणले खोजी रोक्ने निर्णय नगरेसम्म हामी रोकिने छैनौँ। हाम्रो आशा अझै मरेको छैन।’

सेनाले अहिले ‘सूचनामा आधारित खोज तथा उद्धार’लाई प्राथमिकता दिएको छ। कुनै स्थानमा व्यक्ति फसेको सम्भावना वा भरपर्दो सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरेर खोजी गर्ने रणनीति अपनाइएको सेनाले जनाएको छ।

खोजीसँगै पुनर्स्थापनामा पनि सेना

सेनाले खोज तथा उद्धारसँगै विपद्पछि क्षतिग्रस्त पूर्वाधार पुनःसञ्चालनका काम पनि अघि बढाएको छ।

तुइन तथा झोलुङ्गे पुल निर्माण, प्रभावित क्षेत्रको रेकी, अवरुद्ध सडक खोल्ने तथा आवागमन सहज बनाउने काममा समेत सेना परिचालित भएको छ।

पछिल्लो तथ्यांकले एउटा महत्वपूर्ण भ्रम पनि हटाएको छ—जलविद्युत् आयोजनासँग आबद्ध सयौँ व्यक्ति सम्पर्कविहीन भए पनि उनीहरू सबै टनेलभित्र फसेका होइनन्। सेनाका अनुसार अहिलेको तथ्यमा आधारित आकलनमा टनेलभित्र प्रवेश गरेका वा फसेको आशंका गरिएका व्यक्तिको संख्या करिब १२१ हाराहारी छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.