Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 01:26:41
Bizshala
Global IME Bank Limited

धनुष्टंकार उन्मूलन कायम राखेकामा नेपाललाई डब्ल्यूएचओको सम्मान

धनुष्टंकार उन्मूलन कायम राखेकामा नेपाललाई डब्ल्यूएचओको सम्मान
New Office

 

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राख्न सफल भएकोमा नेपाललाई सम्मान गरेको छ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकका क्रममा नेपाललाई यो सम्मान प्रदान गरिएको हो। टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा र सुरक्षित प्रसूति अभ्यासमार्फत मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपाली प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरिएको छ।

यसैबीच, देशमा आएको विनाशकारी बाढीपछि स्वास्थ्य प्रतिकार्य, समन्वय तथा जीवनरक्षाका काममा प्रत्यक्ष खटिनुपर्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बैठकमा सहभागी हुन सकिनन्।

मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीबाट सिर्जित संकट र प्रभावित समुदायको अवस्थाबारे जानकारी गराउँदै जलवायु न्याय र स्वास्थ्य क्षेत्रका लागि जलवायु वित्तको आवश्यकता औँल्याएकी छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.