काठमाण्डौ । बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। त्यससँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाइएको छ।
रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत हैजाविरुद्धको खोप पुर्याइसकिएको मन्त्रालयले जनाएको छ। त्यहाँ बिहीबारदेखि खोप अभियान सञ्चालन गरिनेछ।
बाढीले खानेपानी तथा सरसफाइ प्रणालीमा असर पुर्याउँदा हैजा तथा अन्य पानीजन्य रोग फैलिने जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा आवश्यक खोप, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र निगरानीलाई निरन्तरता दिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।