बुधबार, आश्विन १४,२०८३ 09:38:57
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:38:57
Bizshala
Global IME Bank Limited

‘ट्रम्प डिभिडेन्ड’: रिपब्लिकनले मध्यावधि चुनाव जिते प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर

Bizshala
‘ट्रम्प डिभिडेन्ड’: रिपब्लिकनले मध्यावधि चुनाव जिते प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि कंग्रेस चुनावमा विजय हासिल गरे प्रत्येक वयस्क नागरिकलाई ५ हजार अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

डलासमा आयोजित रिपब्लिकन पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले सम्भावित रकमलाई ‘ट्रम्प डिभिडेन्ड’ को संज्ञा दिएका हुन्। उनले उक्त रकम अमेरिकी अर्थतन्त्रभित्रै खर्च गरिनुपर्ने बताएका छन्।

ट्रम्पले कंग्रेसमाथि नियन्त्रण कायम गर्ने लक्ष्यसहित रिपब्लिकन मतदातालाई परिचालन गर्न आयोजित दुईदिने सम्मेलनको उद्घाटनमा सम्बोधन गरेका हुन्। राष्ट्रपतीय उम्मेदवार चयन गर्ने परम्परागत पार्टी सम्मेलनभन्दा फरक उक्त कार्यक्रममा उम्मेदवारी मनोनयनसम्बन्धी प्रक्रिया भने राखिएको छैन।

रिपब्लिकनहरूले उक्त जमघटलाई ‘ट्रम्प–ए–पालुजा’ नाम दिएका छन्।

करिब दुई घण्टा लामो सम्बोधनमा ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकाल आर्थिक तथा अन्य सूचकका आधारमा अमेरिकी इतिहासकै सबैभन्दा सफल भएको दाबी गरे। सम्मेलनमा कर कटौती, अर्थतन्त्र, सीमा सुरक्षा, सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा, औषधिको मूल्य, शिक्षा तथा सांस्कृतिक मुद्दालगायत विषयलाई प्राथमिकतामा राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा व्यापार युद्ध, इरानसँगको युद्ध र आप्रवासन नीतिबारे पनि धारणा राखे। उनले चीनको पटक–पटक उल्लेख गर्दै अमेरिकामा भइरहेको विदेशी लगानी र चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी केही सातापछि हुने भनिएको अमेरिका भ्रमणको प्रसङ्गसमेत उठाए।

ट्रम्पले विवादमा परेको ह्वाइट हाउसको नयाँ बलरूमको निर्माणबारे पनि चर्चा गर्दै उक्त भवन बेइजिङस्थित ग्रेट हल अफ द पिपुल भन्दा राम्रो हुने दाबी गरे। यसअघि अमेरिकी सेमिकन्डक्टर उद्योग ताइवानतर्फ सरेको विषयमा विगतका राष्ट्रपतिहरूको नीतिको आलोचना गर्दै आएका ट्रम्पले सो विषयलाई पनि दोहोर्याए।

कार्यक्रममा ट्रम्प प्रशासनका अधिकारी टोड ब्लान्चेले अमेरिकाबाट २६ लाख मानिसलाई ‘आपराधिक विदेशी’ भन्दै निष्कासन गरिएको दाबी गरे। डेमोक्र्याटहरूले भने रिपब्लिकन सम्मेलनलाई ट्रम्पकेन्द्रित राजनीतिक प्रदर्शनको संज्ञा दिँदै पार्टीको वर्तमान राजनीतिक दिशा गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।

ट्रम्पले बिहीबार सम्मेलनको समापन कार्यक्रममा पुनः सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

यसैबीच, टेक्सासमा अमेरिकी सिनेटका लागि निर्वाचनसमेत हुँदैछ। ट्रम्पको समर्थन प्राप्त राज्यका महान्यायाधिवक्ता केन प्याक्सटन ले डेमोक्र्याटिक राज्य प्रतिनिधि जेम्स टालारिकोसँग प्रतिस्पर्धा गर्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.