काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्याय पुनः चार वर्षका लागि सोही पदमा नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १९२औँ बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
उपाध्यायको हालको कार्यकाल आगामी कात्तिक ६ गते समाप्त हुँदैछ। सञ्चालक समितिको निर्णयअनुसार उनलाई कात्तिक ७ गतेदेखि २०८७ साल कात्तिक ६ गतेसम्मको चार वर्षे दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।