Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 12:37:06
Bizshala
Global IME Bank Limited

रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै, मातृ–शिशु स्वास्थ्यमा विशेष प्राथमिकता

रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै, मातृ–शिशु स्वास्थ्यमा विशेष प्राथमिकता
New Office

 

 काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सरकारले विशेषज्ञ चिकित्सकसहितको थप स्वास्थ्य टोली परिचालन गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको आवश्यकता बढेको निष्कर्षसहित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सक सम्मिलित टोली पठाउन लागेको हो।

बाढी प्रभावित क्षेत्रमा यसअघि नै विभिन्न स्वास्थ्य टोली परिचालन गरी सेवा दिइँदै आएको छ। तर, विस्थापित तथा प्रभावित समुदायमा विशेषगरी गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या थप देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकको टोली परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर सहभागी छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विशेषज्ञ टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित बस्ती तथा स्वास्थ्य संस्थामा पुगेर स्थानीय आवश्यकताअनुसार स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा दिनेछ। विशेषगरी मातृ तथा नवजात शिशु स्वास्थ्य, बालरोग र प्रजनन स्वास्थ्यसम्बन्धी सेवालाई प्राथमिकतामा राखिने मन्त्रालयको भनाइ छ।

टोलीसँग आवश्यक औषधि, उपचार सामग्री तथा अन्य स्वास्थ्य उपकरणसमेत पठाइनेछ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रका कतिपय स्वास्थ्य संरचना तथा सेवा प्रवाहसमेत प्रभावित भएका छन्। सडक तथा यातायातमा आएको अवरोध, विस्थापन र स्वास्थ्य संस्थामा बढेको चापका कारण नियमित स्वास्थ्य सेवा लिन कठिनाइ हुनसक्ने अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले चरणबद्ध रूपमा जनशक्ति तथा स्वास्थ्य सामग्री परिचालन गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य आवश्यकताको नियमित मूल्यांकन गरी आवश्यकता अनुसार थप विशेषज्ञ चिकित्सक, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कामलाई निरन्तरता दिइनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.