शुक्रबार, आश्विन ३०,२०८३ 05:02:07
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:02:08
Bizshala
Global IME Bank Limited

डिम्याट खाता ८० लाख नाघ्यो, दोस्रो बजारमा सक्रियता भने कमजोर

Bizshala
डिम्याट खाता ८० लाख नाघ्यो, दोस्रो बजारमा सक्रियता भने कमजोर
New Office

काठमाण्डौ । नेपालमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको छ । तर, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने त्यसको तुलनामा निकै कम छ ।  

पछिल्लो तथ्याङ्कअनुसार डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८० लाख नाघिसकेको भएपनि बजारमा प्रत्यक्ष कारोबार गर्न आवश्यक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोल्नेको संख्या भने त्यसको तुलनामा निकै कम देखिएको छ ।  

उपलब्ध पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता भएका करिब ४४ प्रतिशत लगानीकर्ता अझै टीएमएस प्रणालीमा जोडिएका छैनन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म ८० लाख ७२ हजार ८७७ वटा डिम्याट खाता खोलिएका छन् । त्यसको तुलनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार टीएमएस खाताको संख्या ४५ लाख ७८६ मात्र छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस हिसाबले कुल डिम्याट खातामध्ये ५५.७४ प्रतिशत खाताधनीले मात्रै दोस्रो बजारमा सेयर कारोबारका लागि आवश्यक ट्रेडिङ खाता खोलेका छन् । बाँकी ४४.२६ प्रतिशत डिम्याट खाताधनी भने अझै टीएमएसको पहुँचबाहिर छन् ।

त्यस्तै, हाल सञ्चालनमा रहेका करिब ४५ लाख टीएमएस खातामध्ये ३२ लाख ४३१ खाताबाट अनलाइन कारोबार भइरहेको छ । बाँकी लगानीकर्ताले अफलाइन माध्यमबाट कारोबार गरिरहेका छन् । टीएमएस प्रणाली सञ्चालनमा आएको लामो समय भइसक्दा पनि ठूलो संख्यामा लगानीकर्ता अफलाइन कारोबारमै सीमित हुनु बजारका लागि चासोको विषय बनेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेका अनुसार टीएमएस खाता खोलेपछि विदेश गएका, सेयर कारोबार गर्न छाडेका वा सम्पर्कमा नरहेका लगानीकर्ता पनि हुन सक्छन् । साथै, अफलाइन माध्यमबाट समेत कारोबार गर्न सकिने भएकाले केही लगानीकर्ताले अनलाइन टीएमएस लिन आवश्यक नठानेको हुन सक्ने नेप्सेकोे भनाइ छ ।

पछिल्ला वर्षमा प्राथमिक सेयर (आईपीओ) प्रति आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि तीव्र गतिमा बढेको छ। तर, डिम्याट खाता खोल्ने सबै लगानीकर्ता दोस्रो बजारमा सक्रिय रूपमा कारोबार गर्ने अवस्थामा भने छैनन् ।

विशेषगरी आईपीओमा आवेदन दिनकै उद्देश्यले खोलिएका खाताका कारण डिम्याट र टीएमएस खाताबीच ठूलो अन्तर देखिएको विश्लेषण गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.