सोमबार, आश्विन १९,२०८३ 07:23:25
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 07:23:25
Bizshala
Global IME Bank Limited

BREAKING : सेयर लगानीकर्तालाई सरकारको ठूलो राहत, पूँजीगत लाभकर घट्ने

दीर्घकालीन लगानीमा ३.७५ र अल्पकालीनमा ५ प्रतिशत कर प्रस्ताव, घाटा समायोजनपछि खुद नाफामा मात्रै कर लाग्ने व्यवस्था

Bizshala
BREAKING : सेयर लगानीकर्तालाई सरकारको ठूलो राहत, पूँजीगत लाभकर घट्ने
New Office

काठमाण्डौ । सरकारले सेयर बजारका लगानीकर्तालाई ठूलो कर राहत दिने तयारी गरेको छ। धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै बजारलाई लगानीमैत्री बनाउन हालको पूँजीगत लाभकर घटाउने र घाटा समायोजनपछि खुद नाफामा मात्रै कर लिने व्यवस्था प्रस्ताव गरिएको हो।

पूँजीबजार सुधारसम्बन्धी कार्ययोजनामा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने पूँजीगत लाभकर घटाउने उल्लेख छ।

प्रस्तावित व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी समय स्वामित्वमा राखिएको सेयर बिक्री गर्दा प्राप्त लाभमा ३.७५ प्रतिशत मात्रै कर लाग्नेछ। अहिले यस्तो दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिसम्म राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा करको दर ५ प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको छ। अहिले अल्पकालीन कारोबारबाट प्राप्त नाफामा १० प्रतिशत लाभकर लाग्ने व्यवस्था छ।

नयाँ व्यवस्थाको अर्को महत्वपूर्ण पक्ष सेयर कारोबारमा भएको नोक्सानी समायोजन गर्न पाइने सुविधा हो। कुनै आय वर्षमा सूचीकृत धितोपत्र बिक्री गर्दा लगानीकर्ताले व्यहोरेको घाटालाई सोही आय वर्षमा अर्को सूचीकृत धितोपत्र बिक्रीबाट भएको नाफासँग समायोजन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

अध्ययनपछि लाभकर गणना विधिमा सुधार गर्दै नाफा–घाटा कारोबार तथा राफसाफ प्रणालीबाटै समायोजन गरिनेछ। सबै कारोबारको नाफा र घाटा समायोजन गर्दा खुद नाफा देखिएमा मात्रै निर्धारित दरमा पूँजीगत लाभकर असुल गरिने कार्ययोजनामा उल्लेख छ।

यसरी असुल गरिएको पूँजीगत लाभकरलाई प्राकृतिक व्यक्तिका हकमा अन्तिम करका रूपमा मान्यता दिने प्रस्तावसमेत गरिएको छ। यसबाट एउटै आर्थिक वर्षमा कुनै सेयर बिक्री गर्दा घाटा र अर्को सेयर बिक्री गर्दा नाफा भएका लगानीकर्ताले समग्र खुद नाफामा मात्र कर तिर्न पाउनेछन्।

हाल घाटामा भएका कारोबारको प्रभावकारी समायोजन नहुँदा लगानीकर्ताले समग्र पोर्टफोलियोमा नोक्सानी व्यहोर्दासमेत नाफा भएको छुट्टै कारोबारमा कर तिर्नुपर्ने अवस्था छ। प्रस्तावित व्यवस्था कार्यान्वयन भए यो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

सरकारको यो कदमले दीर्घकालीन लगानी प्रोत्साहित गर्नुका साथै कारोबार लागत घटाउने, लगानीकर्ताको मनोबल बढाउने र बजारमा नयाँ पूँजी भित्र्याउन सहयोग पुग्ने देखिन्छ। तर कार्ययोजनामा समेटिएको प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित कर कानून, नियम तथा प्रणालीमा आवश्यक संशोधन गर्नुपर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
s

s***

सरकार तथा अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजनाको स्वागतयोग्य पहल। • कार्ययोजना आफैंमा युगान्तकारी, दूरदर्शी र साहसिक कदम देखिन्छ। • अझ महत्वपूर्ण कुरा, यसले सरोकारवाला तथा लगानीकर्ताले अपेक्षा गरेकोभन्दा एक कदम अगाडि बढेको सोच प्रस्तुत गरेको छ। • अब विगतमा जस्तै घोषणा गरेर मात्र सीमित नहोस्; समयसीमाभित्रै कार्यान्वयन हुनु जरुरी छ। • यदि घोषणाजस्तै कार्यान्वयनमा पनि सरकार र सम्बन्धित निकाय एक कदम अगाडि बढ्न सफल भए, नेपालको पूँजीबजारको विकास र प्रविधिगत रूपान्तरणमा यो ऐतिहासिक निर्णय बन्न सक्छ। अबको मुख्य परीक्षा भनेकै—सम्बन्धित Stakeholders को तदारुकता, स्पष्ट जिम्मेवारी र तोकिएको समयसीमाभित्रको प्रभावकारी कार्यान्वयन हो। घोषणाको स्वागत गरौँ, अब कार्यान्वयनको प्रतीक्षा गरौँ।

18 दिन अगाडी
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.