सोमबार, कार्तिक ९,२०८३ 04:32:06
  • सोमबार, कार्तिक ९,२०८३ 04:32:06
Global IME Bank Limited

स्नो रिभर्सद्वारा लाभांश प्रस्ताव, विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त

Bizshala
स्नो रिभर्सद्वारा लाभांश प्रस्ताव, विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त
New Office

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्तावलाई नियामक निकाय विद्युत नियमन आयोगले पूर्व–स्वीकृति प्रदान गरेको छ।

​कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

​उक्त निर्णय बमोजिम बोनस सेयरको पूर्व–स्वीकृतिका लागि कम्पनीले भदौ १५ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले भदौ २६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।

​विद्युत नियमन आयोगबाट पूर्व–स्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा भएपछि सेयरधनीहरूमा उक्त लाभांश वितरण गरिनेछ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.