शनिबार, आश्विन ३१,२०८३ 06:16:49
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:16:49
Bizshala
Global IME Bank Limited

सरकारको कार्ययोजनाले बजारमा जोश, पहिलो घण्टामै ३५ अंकले बढ्यो नेप्से

एक घण्टामै ३ अर्ब ४४ करोडको कारोबार, २५५ कम्पनीको मूल्य बढ्यो

Bizshala
सरकारको कार्ययोजनाले बजारमा जोश, पहिलो घण्टामै ३५ अंकले बढ्यो नेप्से
New Office

 

काठमाडौं । सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको सकारात्मक प्रभाव बुधबार सेयर बजार खुलेलगत्तै देखिएको छ।

कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३५ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २६२० विन्दुमा पुगेको छ।

बजार खुलेको पहिलो मिनेटमै नेप्से तीव्र गतिमा उकालो लाग्दै २६७९ विन्दुसम्म पुगेको थियो। त्यसपछि केही करेक्सन आए पनि बजार उच्च वृद्धिमै कायम देखिएको छ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य उछाल आएको छ। पहिलो एक घण्टामै ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

अघिल्लो दिन पूर्ण चार घण्टाको कारोबारमा ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार पहिलो एक घण्टामै त्यसको ठूलो हिस्सा बराबर कारोबार हुनुले बजारमा लगानीकर्ताको सक्रियता निकै बढेको देखाएको छ।

सरकारले पूँजी बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने, नीतिगत अवरोध हटाउने तथा बजारको संरचनागत सुधार गर्ने उद्देश्यसहित कार्ययोजना सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पहिलो एक घण्टामा कारोबारमा आएका सबै समूहका सूचक हरिया भएका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, लघुवित्त, अन्य तथा व्यापार समूहका सूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।

यस अवधिमा कारोबारमा आएका २५५ कम्पनीको सेयरमूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

जोशी हाइड्रोपावरको सेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्त र सिन्धु विकास बैंकको मूल्य करिब ४ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा अपी पावर, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी र लक्ष्मी सनराइज बैंक अगाडि देखिएका छन्।

सरकारको सुधार कार्ययोजनापछि बजारमा एकैपटक सूचक र कारोबार दुवैमा देखिएको उछालले लगानीकर्ताको मनोविज्ञानमा तत्काल सकारात्मक प्रभाव परेको संकेत गरेको छ। अब बजारको यो उत्साह आगामी कारोबारमा कति टिक्छ भन्ने विषय भने कार्ययोजनाका बुँदाहरू कति छिटो र प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्नेमा निर्भर रहनेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.