सोमबार, आश्विन १९,२०८३ 09:53:57
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 09:53:57
Bizshala
Global IME Bank Limited

इरान युद्धमा अमेरिकाको ३३.४ अर्ब डलर खर्च, हतियार भण्डारमा रणनीतिक अभाव

Bizshala
इरान युद्धमा अमेरिकाको ३३.४ अर्ब डलर खर्च, हतियार भण्डारमा रणनीतिक अभाव
New Office

काठमाण्डौ । इरानसँगको युद्धमा अमेरिकाले जुन २९ सम्म अनुमानित ३३.४ अर्ब अमेरिकी डलर खर्च गरेको पेन्टागनको पछिल्लो प्रतिवेदनले देखाएको छ। अमेरिकी रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘लीड इन्स्पेक्टर जनरल रिपोर्ट’मा युद्धका क्रममा अमेरिकी सैन्य संरचना र हतियारमा परेको क्षतिको विस्तृत विवरण समेटिएको छ।

प्रतिवेदनअनुसार इरानी आक्रमणका कारण मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूमा सयौं भवन तथा संरचना क्षतिग्रस्त वा ध्वस्त भएका छन्। साथै, जुन महिनाको अन्त्यसम्म दर्जनौं अमेरिकी विमानमा समेत क्षति पुगेको जनाइएको छ।

इरानी आक्रमणबाट इराक, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी कूटनीतिक संरचनामा मात्रै करिब १८ करोड ४० लाख डलर बराबरको भौतिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

युद्धका क्रममा अमेरिकी हतियार तथा गोलाबारुदको ठूलो परिमाणमा प्रयोग भएपछि अमेरिकी सैन्य भण्डारमा रणनीतिक अभाव देखिएको प्रतिवेदनले जनाएको छ। साथै, थप हतियार आपूर्ति गर्ने क्रममा अमेरिकी रक्षा उद्योगको उत्पादन क्षमतामा रहेका केही अवरोधसमेत उजागर भएको उल्लेख छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिवेदन सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो परिमाणमा अत्याधुनिक तथा विशिष्ट हतियार उत्पादन गरिरहेको दाबी गरेका थिए।

प्रतिवेदनमा पाँचौं पुस्ताको एफ–३५ए लडाकु विमान शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख छ। यो विमानको उक्त संस्करण युद्धका क्रममा शत्रुको गोली वा आक्रमणबाट क्षतिग्रस्त भएको पहिलो घटना भएको बताइएको छ।

जुन महिनाको अन्त्यसम्म चारवटा एफ–१५ई लडाकु विमान र एउटा ए–१० आक्रमणकारी विमान पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकी वायुसेनाका अनुसार एउटा एफ–३५ए विमानको लागत करिब ९ करोड २० लाख डलर पर्छ। त्यस्तै, सन् १९९८ को मूल्यअनुसार एफ–१५ई विमानको लागत करिब ३ करोड ११ लाख डलर थियो।

युद्धका क्रममा सातवटा केसी–१३५ हवाई इन्धन भर्ने विमान क्षतिग्रस्त वा नष्ट भएका छन्। त्यस्तै, सातवटा हेलिकप्टर र ३० भन्दा बढी ड्रोन समेत गुमाइएको प्रतिवेदनमा उल्लेख छ।

पेन्टागनको प्रतिवेदनले युद्धको प्रत्यक्ष आर्थिक लागतसँगै अमेरिकी सैन्य हतियार भण्डारमा परेको दबाब र रक्षा उत्पादन क्षमताका चुनौतीलाई समेत उजागर गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.