शुक्रबार, कार्तिक २,२०८१ 09:56:36
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 09:56:36
IME remit
Global IME Bank Limited

अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन

Hyundai Nepal
अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । कम्पनीले नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा उक्त प्लान्ट सञ्चालनमा ल्याएको हो ।  

उक्त प्लान्टको उद्घाटन आज एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उक्त एसेम्बल प्लान्ट नवलपारी पश्चिमको रामग्राम नगरपालिका ६ मा स्थापना गरिएको छ ।  

यो प्लान्ट चारपांग्रे सवारी एसेम्बल हुने नेपालकै पहिलो प्लान्ट हो । दुई पांग्रे सवारीका एसेम्बल प्लान्टहरु भने यसअघि देखिनै सञ्चालनमा रहेका छन् ।  

सरकारले सवारी साधन एसेम्बलका लागि विभिन्न कर् सहुलियत प्रदान गर्दै आईरहेको छ । सरकारले कार एसेम्बलमा कम्प्लिटली नक्ड डाउ(सीकेडी)भन्सारमा २५ प्रतिशत अन्तःशुल्कमा ५० प्रतिशत र अन्य आयकर छुट प्रदानको व्यवस्था गरेको छ ।    

Bizshala
Shivam Cement
CG Motors

प्लान्ट उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए । दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गर्दै लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।  

‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्, देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’ प्रधानमन्त्रीले भने ।  

यसले थप लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुने र आयात प्रतिस्थापना हुँदै रोजगारीको सिर्जना समेत हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।  

यसका साथै उनले नेपालने गाडी उत्पादन हुने भएपछि नेपालीहरुले सहुलियत मूल्यमा गाडी खरिद गर्न पाउने बताए । 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.