काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आगामी असोज २७ गते साधारण सभा आयोजना गर्ने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको चण्डोलमा रहेको कुण्डलीनी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शरुरु गर्ने निर्णय गरेको हो।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा कम्पनीको उद्देश्यसहित प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै सशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अखख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै कम्पनीको आव २०८३ को लेखापरीक्षणको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ती अनुमोदन गर्ने र २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।