शनिबार, श्रावण २३,२०८३ 02:20:15
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:20:15
Bizshala
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार
New Office

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १००.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२३.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको कुल खर्च ८८.८१ प्रतिशतले बढ्दै २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ६० करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९४.६० प्रतिशतले बढी हो ।  

कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४ करोड ६९ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ४२ करोड ७६ लाखबाट बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ४५ करोड ५५ लाखबाट बढेर ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा पनि सुधार भएको छ । कम्पनीको ईपीएस ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र पीई अनुपात ४९.१५ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.