काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६९२.८६ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ७२७.५० रुपैयाँ कायम थियो । भोलिको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।