शुक्रबार, आश्विन २,२०८३ 01:57:27
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 01:57:27
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सनबीमा योजना' सार्वजनिक

सन नेपाल लाइफद्वारा 'सन स्मार्ट प्रोटेक्सनबीमा योजना' सार्वजनिक
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमाराख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा "सन स्मार्ट प्रोटेक्सन बीमा योजना" ल्याएकोछ। 

असोज १ गतेसम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुखकार्यकारी अधिकृत राज कुमार अर्यालज्यूबाटर उच्च व्यवस्थापन कर्मचारीहरूकोउपस्थितिमा उक्त बीमा योजनालाईशुभारम्भ गरिएको हो । कम्पनीले१८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूकालागि थोरै लागतमा ठूलोआर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजनाप्रस्तुत गरेको हो।

विशेषगरी युवा अवस्थामा रहेकापरिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाईसन्तुलनमा राखी आर्थिक सुरक्षाप्रदान गर्नु यस योजनाको मुख्यउद्देश्य रहेको छ। यो बीमायोजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथैडिजिटल माध्यमबाट पनि सहजै खरिदगर्न सकिन्छ र डिजिटल माध्यमबाटखरिद गर्नको लागि www.sunlife.com.np र Sun Connect बाट खरिद गर्नसकिने छ।

Shivam Cement
Bizshala
CG Motors

योजनाकाविशेषता तथा सुविधा

यस योजना अन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखिआयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ।बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्ध-वार्षिक तथावार्षिक रूपमा गर्न सकिने सुविधारहेको छ।

बीमितकोनिधन भएमा बीमाङ्क रकमको१०० प्रतिशत रकम दाबी भुक्तानीहुनेछ। यसका साथै ऐच्छिकसुविधा अन्तर्गत ५० हजार रुपैयाँसम्मकोकिरिया खर्च र १लाख रुपैयाँसम्मको 'सन मेडिकेयर' आपत्कालीनस्वास्थ्य सेवा सुविधा पनिसमेटिएको छ।

Muktinath Bikas Bank Limited

कम्पनीकोपरिचय र पहुँच

सन्२०७४/६/६ माबीमक दर्ता भई औपचारिक व्यवसायप्रारम्भ गरेको यस कम्पनीको अधिकृतपूँजी १० अर्ब रचुक्ता पूँजी ५.२८ अर्बरुपैयाँ रहेको छ। ISO 27001:2022 प्रमाणित यो कम्पनी नेपालकोपहिलो डिजिटल प्रविधिमैत्री जीवन बीमा कम्पनीकोरूपमा स्थापित छ।

हाल४० हजारभन्दा बढी अभिकर्ता तथा१३६ शाखा तथा उपशाखामार्फतकम्पनीले सेवा प्रदान गर्दैआएको छ। दुर्घटना, अशक्ततार आपत्कालीन रोगका कारण उत्पन्न हुनेआर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य ध्येय रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.