काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयरभाउ समायोजन गरेको हो ।
आज बजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको सेयरभाउ ६६० रुपैयाँका आधारमा नेप्सेले ८.६३ प्रतिशत बोनस सेयरका लागि सेयरभाउ ६०७.५७ रुपैयाँ कायम गरेको छ ।
सोही भाउकै आधारमा आइतबार हिमालयन एभरेष्टको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।