बिहीबार, पुष २५,२०८१ 08:06:50
IME remit
  • बिहीबार, पुष २५,२०८१ 08:06:50
IME remit
Global IME Bank Limited

व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब माथि

Hyundai Nepal
व्यवसाय दोब्बरले वृद्धि हुँदा सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब माथि
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको  छ ।

प्रकाशित वित्तिय विवरणअनुसार कम्पनीको सेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा गतआर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो ।

४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

प्रतिसेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशनमार्फत खर्चिएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.