काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई घोषणा गरिएको नगद प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी योजनाको प्रतिफल वितरणका लागि असोज ७ गते बुक क्लोज हुँदैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै यी योजनाको प्रतिफल पाउन योग्य हुनेछन् ।
नबिल ब्यालेन्स्ड फन्ड–२ का लागि करसहित ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–३ का लागि करसहित २.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।