शनिबार, फाल्गुन १०,२०८१ 09:50:19
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:50:19
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्‘ट्रेडर र नयाँ ब्रोकरले बिगारे बजार, ८२ सालबाट आउँछ बुल’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्‘ट्रेडर र नयाँ ब्रोकरले बिगारे बजार, ८२ सालबाट आउँछ बुल’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रकाशन हुँदै आएको नियमित साप्ताहिक स्तम्भ‘ ग्राउण्ड जिरो’लाई आज पनि हामीले निरन्तरता दिएका छौं । आज पनि हामीले बिभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने र सुन्ने प्रयास गरेका छौं । हामीले यात्राका थालनी ज्ञानेश्वरमा रहेको सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) बाट गरेका थियौं । साताको पहिलो कारोबार दिन भएकाले हुनसक्छ यो ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिती राम्रै थियो ।  

हामी यहाँ पुग्दा कारोबारको थालनी भईसकेको थियो । लगानीकर्ता बडो चाखका साथ सेयर बजारको गतिविधि नियाली रहेका थिए । केहि समयदेखि निरन्तर ओरालो लागिरहेको बजारले साताको सुरुवात कसरी गर्ला भन्ने कौतुहलता लगानीकर्तामा पाइन्थ्यो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले सेयर बजारबाट हैरान परेको भन्दै भने,‘हेर्नुहोस मित्र, सबै चिजको समय आउँछ । हामी अहिले आत्तिएर केही हुन्न । भाग्य भन्दा धेरै र समय भन्दा पहिले केही पनि हुन्न । म त मुक्तिनाथ कृषी कम्पनी ,  सर्वोत्तम सिमेन्ट र भिजन लुम्बिनी उर्जामा निकै नराम्रोसँग फसे ।’ उनले अब जेठदेखि मात्रै कारोबारको सुरुवात गर्ने ठट्यौलि पारामा भने । ‘जे भएता पनि १० प्रतिशत ब्रोकर कमिसन त कम पर्छ ।’ उनले भने ।  

एक जना लगानीकर्ता भने ब्रोकर चकलेट बाँडिरहेका भेटिए । उनले आफ्नो जन्मदिनको अवसरमा त्यहाँ उपस्थित लगानीकर्तालाई चकलेट बाँडिरहेका थिए । ‘म त संधै जन्म दिनको दिन सेयर किन्छु साथिहरु, जन्मदिनका दिन किनेको सेयरमा अहिले सम्म घाटा व्यहोर्नु परेको रेकर्ड छैन ।चकलेट बाड्दै उनले भने ।  

यसै ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले नेपालको सेयर बजारमा प्रत्येक ५/५  बर्षमा बुल आउने र अब ८२ सालबाट असली बुल आउने भनेको सुनियो । ‘विगतको प्याटर्न हेर्ने हो भने नेपाली बजारमा प्रत्येक ५/५ वर्षमा बुल आउने गरेको छ । अबको बुल २०८२ सालबाट आउँछ ढुक्क हुनुस ।’ निरन्तरको गिरावटले निराश भएका लगानीकर्तालाई सान्तवना दिदैं उनले भने । ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । बजार समान्य अंकले तल माथि गर्दै थियो ।  

यहाँबाट हामी चार खालस्थित श्री कृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । लगानीकर्ताहरु बजारको उतारचढाव नियाल्न व्यस्त थिए । यहाँ भने लगानीकर्तामाझ माइक्रो फाइनान्सको चर्चा चल्दै थियो । यसै ब्रोकरमा भेटिएकी एक महिला लगानीकताले आफूले सबैको लघुवित्त खरिद गरेको बताउँदै भनिन्,‘अहिले त ग्रुपमा नचले कामै रहेनछ । मलाई त साथिहरुले यही माइक्रोमा लगानी गर्न सुझाव दिएका छन् ।’  

बाहिर झमझम पानी बर्षदै थियो । यता सेयर बजार भने करिब १० अंकले उकालो लागेको थियो । केही लगानीकर्ताहरुले ग्रिन भेञ्चर तथा चिलिमे जलविद्युत कम्पनीको चर्चा समेत गरेको सुनियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

केही समय यहाँ व्यतित गरेपछि हामी क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको राम्रै संख्यामा भेला भएका थिए । यस ब्रोकरमा केहि लगानीकर्ताहरु आफ्नै कम्प्युटरमा प्राविधिक पक्ष केलाउँदै कारोबार गरिरहेका भेटिए । यहाँ भेटिएकी एक महिला लगानीकर्ताले चार्ट देखाउँदै प्राविधिक रुपमा बजारले खरिद कन्फरमेसन नदिएका कारण आफू पर्ख र हेरको अवस्थामा रहेको सुनाइन् । उनले भनिन्, ‘एउटा भोल्युमसहितको राम्रो बुलिस क्याण्डल बनेमा बजार पस्न  हुन्थ्यो । तर बजारमा त्यस्तो अवस्था बन्नै सकेन ।’  

केही समयको बसाई पछि हामी कमल पोखरी अगाडी रहेको क्रियएटिभ सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४०) मा पुग्यौं । यहाँ भने लगानीकर्ताको उपस्थिती खासै थिएन । यहाँ भेटिएका एक लगानीकर्ताले बजार ट्रेडर र नयाँ ब्रोकरले बिगारेको आरोप लगाए । ‘अहिले बजारमा १० रुपैयाँ आयो कि बेचि हाल्छन् । यस्तो भए पछि कसरी बजार उँभो लाग्छ ? ’ उनले ठूलो स्वरमा भने ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.