बुधबार, आश्विन ७,२०८३ 06:47:43
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:47:43
Bizshala
Global IME Bank Limited

संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पले भने, ‘इरानसँग सम्झौता गर्ने कि पुनः आक्रमण गर्ने निर्णय गर्नुपर्ने अवस्थामा छु’

संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पले भने, ‘इरानसँग सम्झौता गर्ने कि पुनः आक्रमण गर्ने निर्णय गर्नुपर्ने अवस्थामा छु’
New Office

काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पुनः सैन्य कारबाही गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने विषयमा आफूले ‘ठूलो निर्णय’ लिनुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको महासभालाई मंगलबार न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए अमेरिकाले इरानविरुद्ध कडा सैन्य कदम चाल्न सक्ने चेतावनी दिए। उनले इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्नु आफ्नो प्रशासनको प्रमुख उद्देश्य रहेको दाबी गरे।

ट्रम्पले इरानसँग सम्झौता गरेर उसलाई पुनः बलियो बन्ने अवसर दिने वा सैन्य शक्तिको प्रयोगमार्फत उसलाई पूर्ण रूपमा रोक्ने विकल्पमध्ये एउटा रोज्नुपर्ने अवस्था रहेको बताए।

ट्रम्पको सम्बोधनका क्रममा इरानी प्रतिनिधिमण्डलका एक सदस्य महासभा कक्षमा उपस्थित थिए। सम्बोधनपछि ट्रम्पले अमेरिकी अधिकारी र इरानी प्रतिनिधिबीच महासभाको साइडलाइनमा करिब तीन घण्टा ‘निकै सकारात्मक’ वार्ता भएको बताएका छन्।

इरानको सरकारी टेलिभिजनले पनि विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटवार्ता गरेको पुष्टि गरेको छ। यद्यपि तेहरानबाट उक्त भेटबारे थप प्रतिक्रिया सार्वजनिक गरिएको छैन। संयुक्त राष्ट्रसङ्घ भवनबाट बाहिरिँदै गर्दा बीबीसीले सोधेको प्रश्नमा विटकफले हातको औँला उठाउँदै सकारात्मक संकेत गरेका थिए।

 

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ट्रम्पले आफ्नो सम्बोधनमा रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गराउने दाबी पनि दोहोर्‍याए। उनले दुवै देशका नेतासँग अमेरिकी पक्षले नजिकबाट काम गरिरहेको र युद्ध अपेक्षा गरिएभन्दा छिटो अन्त्य हुन सक्ने बताए।

यसबीच रुस र युक्रेनबीच मिसाइल तथा ड्रोन आक्रमण जारी छन्।

ट्रम्पले अन्तर्राष्ट्रिय संस्थामाथि आलोचना गर्दै ‘विश्व सरकार’ स्वीकार्य नहुने बताएका छन्। उनले अमेरिकी सार्वभौमिकता र सैन्य शक्तिलाई प्राथमिकतामा राख्दै संयुक्त राष्ट्रसङ्घमाथि समेत आलोचना गरे।

ट्रम्पले संयुक्त राष्ट्रसङ्घमा ‘विश्वव्यापी सरकारवादी’ प्रवृत्तिको आरोप लगाउँदै कुनै पनि निर्वाचित नभएका अन्तर्राष्ट्रिय कर्मचारीले विश्व शासन गर्न नहुने धारणा राखे।

उनले पश्चिमी गोलार्धमा अमेरिकाको राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि गतिविधि भए आवश्यक परे अमेरिकी सैन्य शक्ति प्रयोग गर्न सकिने चेतावनीसमेत दिए।

सम्बोधनका क्रममा ट्रम्पले एआईमा अमेरिकाको अग्रता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। चीनसँगको प्रविधिगत प्रतिस्पर्धामा अमेरिका पछि नपर्ने दाबी गर्दै उनले एआईलाई ‘सुपर इन्टेलिजेन्स’ भनेर सम्बोधन गर्नुपर्ने धारणा राखे।

उनले एआईलाई लिएर अत्यधिक डर सिर्जना गर्न नहुने बताउँदै प्रविधिको विकाससँगै सावधानी अपनाउनुपर्ने उल्लेख गरे।

महासभाको साइडलाइनमा ट्रम्पले डेनमार्क र ग्रीनल्यान्डका नेतासँग अमेरिकी सैन्य उपस्थितिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्डको सार्वभौमिकतालाई पुनः पुष्टि गर्दै अमेरिकी पक्षलाई ग्रीनल्यान्डको हवाई क्षेत्र तथा भूभागमा व्यापक पहुँच दिने व्यवस्था गरेको जनाइएको छ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गरेका थिए। उनले भू–राजनीतिक प्रतिस्पर्धा, युद्ध, जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताका कारण विश्वका विभाजनका रेखा थप गहिरिँदै गएको बताएका थिए।

गुटेरेसले विश्वका शक्तिशाली राष्ट्रहरूले आफ्नो शक्तिको सीमासमेत बुझ्नुपर्ने धारणा राखेका थिए।

यसको विपरीत ट्रम्पले अमेरिकी राष्ट्रिय सार्वभौमिकता र सैन्य शक्तिलाई जोड दिँदै अन्तर्राष्ट्रिय संस्थाको भूमिकामाथि प्रश्न उठाएका छन्।

महासभाका क्रममा ट्रम्पले बेलायत, युक्रेन तथा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र ओमानलगायत देशका नेतासँग पनि भेटवार्ता गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.