शनिबार, असार १४,२०८२ 11:12:57
  • शनिबार, असार १४,२०८२ 11:12:57
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको वेशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी जेठ २५ गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी जेठ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.