बिहीबार, आश्विन ८,२०८३ 12:54:03
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 12:54:03
Bizshala
Global IME Bank Limited

देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, प्रमुख नदीमा पाँच दिन जलसतह बढ्ने

Bizshala
देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, प्रमुख नदीमा पाँच दिन जलसतह बढ्ने
New Office

 

काठमाण्डौ । देशका ६० भन्दा बढी जिल्लामा आगामी केही दिन आकस्मिक बाढीको जोखिम बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीसहित देशका प्रमुख नदी प्रणालीमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश ठूला तथा साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ। विशेषगरी साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा उल्लेख्य रूपमा तल छ। तर आगामी पाँच दिन यी नदीहरूमा पानीको बहाव लगातार बढ्ने महाशाखाको अनुमान छ।

कोशी प्रणालीका नदीमा आजैदेखि बहाव बढ्ने

कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी नदीमा बिहीबारदेखि नै जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। कन्काई र कमला नदीमा समेत बहाव बढ्ने देखिएको छ।

नारायणी, कर्णाली र महाकाली जलाधारका प्रमुख नदीमा बिहीबार बहाव सामान्य रूपमा बढ्ने भए पनि असोज ९ गतेदेखि वृद्धि तीव्र हुन सक्ने महाशाखाले जनाएको छ।

नारायणी प्रणालीअन्तर्गत त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, बडिगाड र कालीगण्डकी तथा कर्णाली प्रणालीअन्तर्गत ठूली भेरी, भेरी र पश्चिम सेतीलगायत नदीमा असोज ९ देखि १२ गतेसम्म जलसतह उल्लेख्य बढ्ने अनुमान छ।

बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीमा पनि असोज ९ गतेदेखि लगातार चार दिन पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

काठमाडौं उपत्यकासहित दर्जनौं जिल्ला जोखिममा

महाशाखाले ठूला नदीसँगै देशभरका साना नदी तथा खोलामा समेत आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।

कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीलगायत जिल्लामा साना नदीहरूको बहाव बढ्ने सम्भावना छ। मधेश प्रदेशका सप्तरी, सिरहा हुँदै पर्सासम्मका जिल्लासमेत जोखिमको सूचीमा छन्।

बागमती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुरसहित दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनलगायत जिल्लामा आकस्मिक बाढीको जोखिम औँल्याइएको छ।

गण्डकी प्रदेशका गोरखा, कास्की, मनाङ, मुस्ताङ र बागलुङलगायत जिल्ला तथा लुम्बिनी र कर्णाली प्रदेशका रुकुम, रोल्पा, बाँके, बर्दिया, सुर्खेत र जुम्लालगायत क्षेत्रमा पनि साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने पूर्वानुमान छ।

पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमसम्मका दर्जनौं जिल्ला हुँदै बहने साना नदी तथा खोलाहरूमा एकैपटक बहाव बढ्न सक्ने भएकाले महाशाखाले जोखिमयुक्त क्षेत्रलाई विशेष निगरानीमा राख्नुपर्ने जनाएको छ।

लगातार वर्षा भए जोखिम थप बढ्न सक्ने

महाशाखाका अनुसार आगामी दिनमा निरन्तर वर्षा भए नदी तथा खोलाको जलसतह थप तीव्र रूपमा बढ्न सक्छ। विशेषगरी पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावसँगै आकस्मिक बाढी आउन सक्ने तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने अवस्था छ।

त्यसैले नदी किनार, खोला आसपास, होचा भूभाग तथा बाढी प्रभावित हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.