काठमाण्डौ । नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको बोनस सेयर वितरणपछिको मूल्य समायोजन भएको हो ।
माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस सेयरपछिको मूल्य २५०.९७ रुपैयाँ कायम गरिएको छ भने कालिञ्चोक दर्शनको ८.५० प्रतिशत बोनस सेयरपछि ५८० रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
सोही समायोजित मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।